काठमाडाैँ – महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले बिहीबार पद तथा गाेपनियताकाे शपथ लिएका छन्।
पोखरेलले शितलनिवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गाेपनीयताकाे शपथ लिएका हुन्।
उनी बुधबार राष्ट्रपति भण्डारीद्वारा नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त भएका थिए।
राष्ट्रपतिले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन्।
महान्यायाधिवक्ता डा.पोखरेल प्युठानको झिमरुक गाउँपालिका- ४ निवासी हुन्। महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा लिइन्छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































