
पोखरा- गण्डकी प्रदेशसभामा सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार गण्डकीका ५९ सांसदले शपथ ग्रहण गरेका हुन्।
नदीपुरस्थित रहेको प्रदेशसभा भवनमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले नवनिर्वाचित प्रदेशसभा सांसदलाई शपथ खुवाए।
बुधबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीया बस्याललाई शपथ खुवाएका थिए।
५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृभाषामा शपथ लिएका छन्।
समानुपातिमा कास्कीबाट निर्वाचित सरस्वती गुरुङ, स्याङजाका पञ्चराम गुरुङ र लमजुङकी पार्वती तामाङले मातृभाषामा शपथ ग्रहण गरे।
गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिक २४ सांसद निर्वाचित भएका छन् ।गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे)सहित ६० सांसद छन्।
गण्डकीमा पुस १८ गते प्रदेशसभाको अधिवेशन बोलाइएको छ।