जनताको पक्षमा काम गर्ने नयाँ सांसदका वाचा

जनताको पक्षमा काम गर्ने नयाँ सांसदका वाचा
+
-

पोखरा – ‘उत्सुकता छ मलाई जनताको पक्षमा काम गर्नलाई’, शपथग्रहणलगत्तै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले संक्षिप्त प्रतिक्रिया दिइन्।

कांग्रेस समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बनेकी तिवारीसँग स्याङ्जाको वालिङ नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ। पाँच वर्षमा गण्डकीवासीको सपना पूरा गर्न लाग्ने उनले बताइन्।

मुलुक र जनताप्रति पूर्णरूपमा वफादार बन्ने वाचासहित बिहीबार गण्डकीका ५९ सांसदले शपथग्र्रहण गरेका छन्।

नदीपुरमा रहेको प्रदेश सभा भवनमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशमा नवनिर्वाचित सांसदलाई शपथ खुवाए।

बुधबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीया बस्याललाई शपथ खुवाएपछि उनले बाँकी सांसदलाई बिहीबार शपथ खुवाएका हुन्।

  ५६ जना सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिएका छन्। समानुपातिकमा कास्कीबाट निर्वाचित सरस्वती गुरुङ, स्याङ्जाका पञ्चराम गुरुङ र लमजुङकी पार्वती तामाङले मातृभाषामा शपथग्रहण गरे। शपथग्रहणपछि प्रदेश सांसदहरूले जनताको मतलाई कदर गर्नेगरी काम गर्ने बताए।

मुस्ताङ (क) बाट निर्वाचित नम्डु गुरुङले शपथग्रहणले झनै जिम्मेवार बोध गराएको सुनाए।
‘अबको ५ बर्ष मेरो हरेक कदम मुस्ताङको विकासका लागि हुनेछ’, उनले भने। सबैको सल्लाह लिएर आफूले काम गर्ने उनको योजना छ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले पनि शपथग्रहणले जिम्मेवारबोध गराएको प्रतिक्रिया दिए।

गण्डकीलाई नमुना प्रदेश बनाउन यथेष्ट प्रयत्न गर्ने अधिकारीले बताए। उनले भने, ‘सत्य निष्ठापूर्वक जनताको सेवा गर्ने कबोल हाम्ले गरेका छौं। हामीले शुसासन दिनुछ। राज्यको प्रत्याभूत गराउनुछ। जनताको सरकार हो हामी शासक होइनौं सेवक हौं।’

उनले जनता नै सार्वभौम भएको उल्लेख गरे। संघीय संसदमा जस्तै प्रदेशमा पनि आफ्नो सशक्त भूमिका रहने उनले बताए।

प्रदेशको विकास र समृद्धिसँग जोडिने काम गर्ने कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए। राष्ट्रियसभाबाट मुख्यमन्त्री बन्नलाई प्रदेश झरेका उनले भूमिका साँघुरिएको महसुस गरेको बताए।

‘राष्ट्रिसभामा प्रतिनिधित्वको आधार फरक छ। त्यसले खेल्ने भूमिका संविधानतः भूमिका पनि फरक छ। ऐन, कानुन, विकास निर्माणका कुराहरु पनि फरक छ’, उनले भने। कांग्रेससँगको सहकार्य तोडेर नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग जोडिएसँगै पाण्डेको मुख्यमन्त्री सपना तुुहिएको छ। 

गोरखा १ (ख) बाट निर्वाचित भएका नन्दप्रसाद न्यौपानेले गीता छोएर शपथ लिएका लिए। उनले आफ्नो कार्यकालमा प्रदेशको समृद्धिका लागि काम गर्ने बताए।

‘जनताको विश्वासलाई टुट्न नदिइकन इमानदारीको साथ म आफ्नो क्षेत्र र प्रदेशको विकासमा लाग्नेछु’, उनले भने।

गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिक २४ सांसद निर्वाचित भएका छन्। गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे)सहित ६० सांसद छन्। गण्डकीमा पुस १८ गते प्रदेश सभाको अधिवेशन बोलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?