
विश्व फुटबलका महान खेलाडी पेलेको बिहीबार मध्यराति साओपाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भयो। विश्व फुटबललाई फरक परिभाषित गर्ने पेले यो सताब्दीकै महान फुटबलरका रुपमा बाँचिरहने छन्।
उनका बारेमा अनेकन किस्साहरू संसारभर ब्यप्त छन्। सत्य के हो भने पेलेले वर्तमान फुटबलको जग बसाए अनि उनले फुटबलको सुन्दरतालाई संसारमाझ चिनाए।
पेलेले यही विश्वकपमा पनि अर्जेन्टिनाले जितेपछि फ्रान्स र अर्जेन्टिनाबिचको खेलको फाइनललाई लिएर भनेका थिए ‘फुटबल कति सुन्दर खेल हो, यो फाइनलले थप पुष्टी गरेको छ।’ उनले जति विश्व फुटबलमा सुन्दरता सायदै अन्य खेलाडीले भरे या भर्ने छन्। तर उनको जीवनले ब्राजिलको घेरा तोडेर संसारलाई आफ्नो बनाएको छ। अनि पेलेले फुटबलमा लगाव, धर्यता र अनुशासनका तीनै पाटामा आफूलाई सर्वाधिक अब्बल प्रमाणित समेत गरेका छन्। यीनै पेलेका बारेमा धेरै किस्साहरू ब्यप्त छन् ती मध्येका केही यस्ता छन्।
वैज्ञानिकको नाम आफ्नो बनाउँदा
पेलेको जन्म ब्राजिलस्थित ट्रेस कोराकोएसको एउटा गरिब बस्तीमा २३ अक्टोबर १९४० मा भएको थियो। उनको जन्म एक स्थानीय फुटबल खेलाडी डोन डिन्होको घरमा भएको थियो। उनको आमाको नाम डोनो एलिस्टियन अरान्ते थियो। पहिला उनको नाम वैज्ञानिक थोमस एडिसनको नामबाट एडिसन राखिएको थियो। तर पछि उनका आमाबुबाले उनको नामको अक्षेरमा आइ निकालेर एडसन राख्ने निर्णय गरेका थिए। जसका कारण उनको प्रमाणपत्रमा एड्सननै रहेक छ। धेरै पटक उनको नाममा आई निकाल्दा उनलाई खेल जीवनमा समस्या आएको थियो। पेले भने उनको निकनेम थियो। उनलाई यो नाम स्कूलमा दिएको थियो।
पेलेका कारण रेफ्री जब बाहिर जानु पर्यो
१८ जुन १९६८ मा बोगटामा एक खेल भएको थियो। जहाँ पेलेको क्लब सान्तोष र कोलम्बियन ओलम्पिक टिमबिच एक मैत्रिपूर्ण खेल भएको थियो। यस दौरान रेफ्री गुइलोर्नो मलास्केसले पेलेलाई बाहिर जान भने। त्यो बेला रेडकार्डको सुरुवात भएको थिएन्। फुटबलमा रेडकार्डको सुरुवात १९७० पछि भएको हो।
उनीमाथि फल गरेको आरोप थियो। पेलेलाई बाहिर पठाउने कुराको तीब्र विरोध सुरु भयो। २०१० मा एक अन्तर्वाताका क्रममा रेफ्रिले भनेका थिए ‘त्यसपछि मैले सिटी लाइन्समेनलाई दिएर बाहिर निस्कीनु पर्यो। अनि समर्थकको आग्रहमा पेले मैदान भित्र गएर बाँकी खेल खेलेका थिए।‘
के पेलेले युद्व रोकेको थिए?
पेले आवद्ध सान्तोष फुटबल क्लब १९६० को दशकमा सर्वाधिक चर्चित क्लब थियो। यो क्लब विश्वभर आफ्नो फुटबल खेल्नका लागि जाने गर्थ्यो। यही क्रममा ४ फेब्रुअरी १९७९ मा सान्तोष क्लब नाइजेरियाको युद्व ग्रस्त क्षेत्रमा खेलिएको थियो। स्थानीय क्लबलाई तत्कालीन समयमा सान्तोषले २-१ ले पराजित गरेको थयो।
तत्कालीन समयमा नाइजेरियामा घातक युद्व भइरहेको थियो। अनि ब्राजिलियन टिमले आफ्नो सुरक्षाको चिन्ता गरेको थियो। त्यसैले कहिलेकाहीँ युद्व विराम गर्न तयार नभएका यी दुई पक्षबीच युद्व विराम भएको दाबी गरिन्छ। यस कहानिको सत्यताका विषयमा अनेकन कहानीहरू भन्ने गरिन्छ।
पेलेको पहिलो अट्टो ग्राफी जुन १९७७ मा छापिएको थियो। त्यसमा यसको बारेमा केही उल्लेख थिएन्। तर ३० वर्षपछि छापिएको पेलेको दोस्रो अट्टोग्राफिमा भने यस विषयमा उल्लेख गरिएको छ। उक्त पुस्तकमा भनिएको छ ‘गृहयुद्व एक मैत्रिपूर्ण खेलका कारण अन्त हुन सक्छ।’ उनले लेखेका छन् ‘मलाई थाहा छैनकी यो पुरै सत्य हो या होइन तर नाइजेरियाले यो सुनिश्चित गरेको थियोकी हामी त्यहाँ भएको समयमा कुनै युद्ध र घुस पैठ हुने छैन्।’
किन खेलेनन् युरोपका लागि
पेलेलाई आलोचकहरूले सधै भन्ने गर्छन्। उनको सफल्ताको पछाडी युरोपियन क्लबमा आवद्ध भएर नखेल्नु पनि हो। अर्थात उनले युरोपियन क्लबबाट खेल खेलेन्न जसका कारण उनले अनेकौँ रेकर्डहरूराखे। तर उनलाई करिअरको उम्दा समयमा देशबाहिर जान प्रतिवन्ध लगाइएको दाबी गरिन्छ।
सान्तोषले उक्त समयमा एसि मिलान र रियल म्याड्रिडको अफर अस्विकार गरेको थियो। तत्कालिन समयमा खेलाडी कहाँबाट खेल्ने फैसला क्लबले गर्ने गर्थे। उनलाई ब्राजिलमानै राख्ने दबाब सरकारको तर्फबाट पनि थियो। १९६१ मा तत्कालिन राष्ट्पति जेनियो कोर्डोसले घोषणा गरेकी पेले एक राष्ट्रिय सम्पति हुन् उनलाई एक्सपोर्ट गर्न सकिँदैन्।
यद्यपि, १९७५ मा पेले एक विदेशी क्लबमा आवद्व भएका थिए। उनी न्युयोर्क कसमस नामको क्लबबाट खेलेका थिए।
५० वर्षको उमेरमा कप्तान
पेले केवल एकपटक ब्राजिलियन टिमको कप्तान बने। उनले त्यसबाहेक क्लब र देशले गरेको कप्तान बन्ने अस्विकार गरेका थिए। तर उनले राष्ट्रिय टिमबाट सन्न्यास लिएको १९ वर्षपछि १९९० मा उनले ब्राजिलियन टिमको कप्तानी गरेका थिए। उनले एक मैत्रिपूर्ण खेलका लागि गरेका थिए। उनले रेस्ट अफ दि वल्ड टिम विरुद्व कप्तानी गरेका थिए। यो खेल पेलेको ५० औँ जन्मदिनको अवसरमा खेलिएको थियो।
जब पेलेको अपहरण गरियो
सान्तोष क्लबका खेलाडी १९७२ मा ट्रिनिडाड एण्ड टोबागोमा हुने खेललाई लिएर असन्तुष्ट थिए। टिमका डिफेन्डर ओभेरे डानले चिनको एक अखवारलाई २०१० मा भनेका थिए। ‘हामी यो अवस्थाका लागि तयार थियौँकी खेललाई चाँडो सकेर हामी आफ्नै प्लेनमा फर्कियाैँ। तर पेलेले ४३ औँ मिनेटमा गरेको गोलका कारण पोर्ट अफ स्पेनको मैदानमा रहेका दर्शक नियन्त्रण बाहिर गए।’ त्यसको केही समयमानै दर्शक मैदानमा छिरे। अनि पेलेललाई काँधमा राखेर सडकमा उत्रिए। खुसीको यो माहोलमा पेलेललाई त्यहाँबाट सहज बाहिर ल्याउन मुस्किल थियो। उनीहरूले केही समय पेलेलाई गोप्य स्थान सम्म पुर्याए। निकै समयको संघर्षपछि पेलेलाई ल्याइएको थियो।