गण्डकी माओवादी संसदीय दलकाे नेतामा हरिबहादुर चयन

गण्डकी माओवादी संसदीय दलकाे नेतामा हरिबहादुर चयन
+
-

पोखरा- नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ।

आइतबार बिहान चुमानलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो।

दलको नेता छान्न केन्द्रीय सदस्यसहित प्रदेश कमिटीको बैठक शनिबारदेखि जारी थियो। कृष्णप्रसाद धितालले पनि दावी रहेपछि शनिबार टुंगो लाग्न सकेको थिएन। उनले दावी छाडेसँगै चुमान दलको नेता सर्वसम्मत चयन भए ।

तनहुँ १ (ख) बाट निर्वाचित चुमान अघिल्लो पटकको पनि दलको नेता हुन्। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए। चुमान माओवादी केन्द्रका महासचिव देव गुरुङ निकट मानिन्छन् ।

गोरखा १ (ख) बाट निर्वाचित धिताल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट सांसद हुन्। दलको नेता नभएका धिताल गण्डकीको सभामुख बन्ने सम्भावना छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?