
काठमाडौँ- काठमाडौँको दरबारमार्गमा राम्रो र सस्तो मूल्यका साथ विम्पी लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ।
सो लाउन्ज एण्ड बार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको हो।
दरबारमार्गमा रहेका अन्य लाउन्जहरुभन्दा राम्रो र सस्तो मूल्यमा सुविधा दिने उद्देश्यले विम्पी लाउन्ज एन्ड बार सञ्चालनमा ल्याइएको मार्केटिङ म्यानेजर विश्वबन्दु थापाले बताएका छन्।
महँगो ठाउँमा सस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य रहेको उनले बताएका छन्।
बारमा पेय पदार्थका सम्पूर्ण ब्राण्डहरुसँगै कफी सफ र अन्य स्वादिष्ट खानाको सुविधा रहेको छ।