
काठमाडौँ- पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेल छानबिनका लागि प्रहरी प्रधान कार्यालय तानिएका छन्।
उनलाई सोमबार हेडक्वार्टर तानेर छानबिन गरिएको नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताएका छन्। उनका अनुसार कमान्ड कन्ट्रोल राम्रो नभएको भन्ने गुनासो आएपछि कँडेललाई छानबिनका लागि तानिएको हो।
उनीमाथि आर्थिक अनियमितता गरेको पनि आरोप रहेको छ। यस्तै, उनको सट्टामा अहिले कसैलाई सो ठाउँमा नपठाइएको उनले बताएका छन्। छानबिन गरी निर्दोष देखिए उनैलाई पठाइने राईले बताएका छन्। कँडेल यसअघि पनि विवादमा तानिएका थिए।