दादुरासम्बन्धी अभिमुखीकरण अभियान

दादुरासम्बन्धी अभिमुखीकरण अभियान
+
-

नेपालगञ्ज – नेपालगञ्जका विभिन्न वडामा दादुरा खोपसम्बन्धी अभिमुखीकरण गरिएको छ। दादुरा संक्रमण फैलिएपछि विशेष अभियानको रुपमा दादुराविरुद्धको खोप लगाउने काम भइरहेपनि त्यसमा समुदायबाट खासै चासो नदेखाइएपछि नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभिमुखीकरण गरेको हो।

दादुरा संक्रमण फैलिएका सबै वडाहरुमा अभिमुखीकरण चलाउने रणनीति बनाइएको छ। अभिमुखीकरणमा जनप्रतिनिधि, स्थानीय अगुवा, धार्मिक गुरुहरुलाई सहभागी गराइएको छ। अभिमुखीकरणमा दादुराबारेमा जानकारी दिनुका साथै अहिले देखिएको संक्रमणलाई हटाउन खोप लगाउनु पर्ने कुरामा जोड दिइएको छ।

दादुराले बालकको मृत्यु भइसक्दा पनि सम्बन्धित वडा र अरु वडाले दादुराविरुद्धको खोप लगाउने चासो नदेखाएको सम्बद्धको भनाई छ। दादुराविरुद्धको खोप लगाउने र भिटामिन ए क्याम्पसुल खुवाउने अभियानलाई प्रभावकारी बनाउन सकेमा दादुराको संक्रमण हटेर जाने स्वास्थ्यकर्मीहरु बताउँछन्।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको उपस्थितिमा पालिका र वडास्तरीय अभिमुखीकरण गरिएपछि अरु वडाहरुमा स्वास्थ्यकर्मीले जनचेतनामूलक कार्यक्रम गरेका हुन्। दादुरा संक्रमण देखिएपछि आफैले आफ्ना बालबालिकालाई बोकेर स्वास्थ्य संस्थामा आउनुपर्नेमा स्वयंसेविकाहरु घरघरमा बोलाउदा पनि धेरैजसोले खोप लगाएका छैनन्।

खोप लगाउनेको संख्या कमी हुनु नै स्वास्थ्यकर्मीको टाउको दुखाईको विषय बनेको छ। संक्रमण बढ्दोक्रममा रहेपछि ६ महिनादेखि १५ वर्षका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन शुरु गरिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष