जातीय विभेदजन्य गालीगलौज गर्ने वडाध्यक्ष पक्राउ

जातीय विभेदजन्य गालीगलौज गर्ने वडाध्यक्ष पक्राउ
+
-

पोखरा- पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन्। वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा अधिकारी पक्राउ परेका हुन्।

मंगलबार वडाध्यक्ष अधिकारी प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

‘उहाँ आफैँ जिल्ला प्रहरी कार्यालयमा आउनुभयो। अदालतबाट म्याद थप्ने काम हुँदैछ’, उनले भने।

जाहेरीको सम्बन्धमा अब अनुसन्धान सुरु गरिने उनकाे भनाइ छ।

पोखरा महानगरपालिका-२४ की दलित महिला सदस्य मैया नेपालीले जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै आइतबार वडाध्यक्षविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्।

वडाध्यक्ष अधिकारीलाई पक्राउ गरी जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुर र सजाय ऐन २०६८ बमोजिम कारबाही गर्न उजुरीमा माग गरिएको छ।

वडामा लक्षित समूहका लागि विनियोजित ५ लाख रुपैयाँ बजेट बाँडफाड गरेर कार्यक्रम सञ्चालन गर्ने बेला विवाद हुँदा वडाध्यक्ष अधिकारीले नेपालीलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोप लगाइएको छ।

५ लाख रुपैयाँमध्ये ४ लाख रुपैयाँ महिला र १ लाख रुपैयाँ दलित लक्षित कार्यक्रमलाई विनियोजन गरिएको थियो।

महिला लक्षित कार्यक्रमका लागि विनियोजित बजेटबाट एकलौटी निर्णय गर्दै वडाध्यक्ष अधिकारीले हस्तकला तालिम उद्घाटन गर्ने क्रममा विरोध गरेपछि वडा सदस्य नेपालीमाथि गालीगलौजमा उत्रिएको भन्दै उजुरी परेको छ।

पक्राउ परेका वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्। ४ जना वडा सदस्य भने नेकपा एमालेबाट निर्वाचित छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?