मन्त्री क्वार्टर भित्रिँदा तामझाम, बाहिरिने बेला लुसुक्क

मन्त्री क्वार्टर भित्रिँदा तामझाम, बाहिरिने बेला लुसुक्क
+
-

पोखरा – मंगलबार अपराह्न गण्डकीका अर्थमन्त्री रामजी बराल ‘जीवन’ मन्त्री क्वार्टर छाड्ने तयारीमा थिए। उनका सहयोगी र परिवारका सदस्यले डेरा सर्नलाई झोला कस्न थाले। जहाँ उनी भित्रने बेला कार्यकर्ता र आफन्तको तामझाम थियो, उनी बाहिरिने बेला भने बिल्कुल सुनसान।

पोखराको राष्ट्रबैंक चोकमा रहेको मन्त्री क्वार्टरबाट डेरा सर्ने तयारीमा रहेका बराल केहीबेर मज्जैले गफिए। क्वार्टर परिसरमा लगाएका हरिया तरकारी देखाउँदै भने, ‘पहिला आउँदा त यहाँ झाडी थियो। हरियाली बनाएँ। म फेरि अलिअलि कृषिप्रति पनि रुचि भएको परेँ। अलिअलि सिमी फलाउन मन लाग्ने। अलिअलि साग, काउली लगाउन मन लाग्ने। सिजनेबल तरकारी हुन्छ। आवश्यकता पूर्ति गर्छ भनेर होइन, सोखका लागि हो।’

क्वार्टर परिसरमा सिमी, सागलगायतका तरकारी लगाइएको छ। सिमी फूल खेल्न थालेको छ। क्वाटरमा लगाएको सिमी नफल्दै सरकारको आयू समाप्त भएपछि उनले क्वार्टर छाड्न पर्‍यो।

१८ महिना यही क्वार्टरमा बस्नुभयो। आफ्नै घरजस्तो भयो। छाड्ने बेला घर छाडेजस्तो नरमाइलो महसुस हुँदैन? भन्ने प्रश्नको जवाफमा बरालले भने, ‘हामी राजनीतिकर्मी भइसकेको नाताले यो स्वभाविक प्रक्रिया हो, सहज ढंगले लिएपछि त्यस्तो धेरै अफ्ठ्यारो लाग्दैन। कताकता थोरैथोरै लाग्ने कुरा त स्वभाविक हो। तर, फेरि पनि स्वभाविक प्रक्रिया हो। जिम्मेवारीमा रहुन्जेल सदुपयोग गर्ने हो, सकिएपछि सहज तरिकाले छाड्नपर्छ।’

बरालले मन्त्री क्वार्टरको बसाइ सुखद् अनुभूति भएको सुनाए। आफ्नो कार्यकाल पनि सफल भएको उनको दाबी छ। लगभग एक घण्टाको तयारीपछि उनले मन्त्री क्वार्टर छाडे।अचानो, राइसकुकर, प्रेसकुकर, वाटर डिस्पेन्सर, भाडावर्तनलगायतका खत्र्याङखुत्रुङ सामग्री सरकारी गाडीमा राखे। बा २ ख झ १९५६ नम्बरको गाडी बरालको परिवारलाई लिएर मुख्यमन्त्री निवास हुँदै मुख्यमन्त्री कार्यालयतर्फ हुँइकियो।

बरालको घर कास्कीकै पूम्दीमा हो। तर, २ वटा कोठा भाडामा लिएर पोखरामै बस्ने बताए। राजनीतिक गतिविधिमा संग्लन हुनलाई सहज हुने भएकाले पोखरामा डेरा लिएको बताए।

अर्थमन्त्रीको क्वार्टरसँगै जोडिएको आन्तरिक मामिला मन्त्री डोबाटे विक बसेको क्वार्टर पनि सुनसान थियो। क्वार्टरको प्रवेशद्वारमा ड्यूटी बसेका सुरक्षाकर्मीका अनुसार डोबाटेले सोमबार साँझ नै क्वार्टर छाडेर घर फर्किएका हुन्। ‘उहाँहरु त हिजो साँझ नै निस्कनुभएको हो’, ती सुरक्षाकर्मीले भने।

निर्वतमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको क्याबिनेटमा सबैभन्दा ढिला मन्त्री बनेका डोबाटेले अरुभन्दा पहिले मन्त्री क्वार्टर छाडेर तनहुँ हानिए। डोबाटे बसेको क्वार्टरसँगै जोडिएको छ वनमन्त्री दिपक चर्ती मगरको क्वार्टर। उनले मंगलबार दिउँसोसम्म क्वाटर्र छाडेका छैनन्। उनले अझै केही दिन क्वार्टर नछाड्ने स्वकीय सचिव शिव श्रेष्ठले बताए। ‘तीन चार दिनमा क्वार्टर छाड्नुहुन्छ’, श्रेष्ठले भने।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार दिउँसो नेकपा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको म्याद स्वतः सकिएको छ। पद ‘एक्सपायर’ भएसँगै गण्डकीका निर्वातन मुख्यमन्त्रीसहित केही मन्त्रीले क्वार्टर छाडेका छन्।

निर्वतमान मुख्यमन्त्री पोखरेलले पनि मंगलबार बिहानै गृहजिल्ला नवलपुरको बाटो तताए। बिहानै ८ बजे उनले मुख्यमन्त्री निवास छाडेका हुन्। मुख्यमन्त्री नियुक्त भएर निवास छिर्ने बेला भएको तामझामको विपरीत मंगलबार सुनसान बन्यो।

निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल।

गण्डकीमा यसअगाडि मुख्यमन्त्रीसहित १२ मन्त्री थिए। दुई मन्त्री बर्खास्तीमा परेपछि १० जनामा सीमित भयो। उर्जामन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेपछि चुनाव अगावै क्वार्टर छाडे। कांग्रेसबाट मन्त्री बनेका कानुनमन्त्री विन्दुकुमार थापा, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ क्वार्टरमा बसेनन्। बर्खास्तीमा परेका कांग्रेसका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का पनि क्वार्टर बसेनन् । पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेल भाडाको घरमा बसेका थिए।

स्वास्थ्यमन्त्री मधुमाया अधिकारी बुधबार क्वार्टर छाडेर लमजुङ फर्किदैछिन्। उनी रानीपौवाको क्वाटरमा बस्दै आएकी थिइन्। उनका क्वार्टरमा छन् मायाको चिनो र पुस्तकहरु। क्वार्टर परिसरमा तरकारी फलाएकी छन्। फर्कदा गाउँबाट ल्याएको लिएर जाने उनले सुनाइन्। ‘गाउँबाट ल्याएको एउटा फर्सि छ। त्यही लिएर जाने हो’, उनले हाँस्दै भनिन्।

आफू मन्त्री हुँदा उनले थुप्रै किताब जोडेको बताइन्। उनका अनुसार क्वार्टरमा मायाका चिनो मात्रै ३ कार्टुन छन्। ‘अंख्यरा कप, करुवा, सम्मानपत्र थुप्रो छन्’, उनले भनिन्।

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले सोमबार नै क्वार्टर छाडेको मन्त्रालयले जानकारी दियो। कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले क्वार्टर छाडेका छैनन्। ‘मन्त्रीज्यूले कोठा खोज्दै हुनुहुन्छ। कोठ पाएपछि छाड्नुहुन्छ’, मन्त्रालयका एक कर्मचारीले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?