नेपालगञ्जमा दादुरा संक्रमित संख्या सय नाघ्याे, दुई जना अस्पतालमा

नेपालगञ्जमा दादुरा संक्रमित संख्या सय नाघ्याे, दुई जना अस्पतालमा
+
-

नेपालगञ्ज – नेपालगञ्जमा दादुरा संक्रमितको संख्या बढिरहेको छ। दैनिक १८ जना बढी संक्रमित फेला परेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकामा संक्रमितको संख्या सय नाघिसकेको छ। यहाँका दश वटा वडामा संक्रमित फेला परेका छन्। सबैभन्दा धेरै वडा नं. ८ मा २९ जना संक्रमित फेला परेका छन्। वडा नं. ७ मा २८, वडा नं. ११ मा २१, वडा नं. ५ मा १५ जना संक्रमित भेटिएका छन्। बाँकेको खजुरामा दुई जना संक्रमित भएका छन्।

नेपालगञ्जमा एक सय ८ जना र खजुरामा दुई जना गरी जिल्लामा दादुरा संक्रमितको संख्या एक सय दश पुगेको छ। यहाँ एकजनाको मृत्यु भइसकेको छ। दुई जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।

भेरी अस्पतालमा उपचार भइरहेका बिरामीसँग अस्पतालले शुल्क लिएपछि वडाबाट उपचारका लागि सिफारिस गरी पठाएका स्वास्थ्यकर्मीले आक्रोश पोखेका छन्।

नि:शुल्क उपचार हुन्छ भन्दै दादुरा संक्रमितको खोजपडतालमा निस्केका स्वास्थ्यकर्मीले अस्पतालले बिरामीसँग पैसा लिइदिएपछि काम गर्न अप्ठेरो भएको बताएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संक्रमण फैलिएको नेपालगञ्जमा संक्रमितलाई भेरी अस्पतालले निशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएर काम गर्न अप्ठेरो पारेको बताए।

नेपालगञ्जमा संक्रमितको संख्या बढ्दै गएपछि दादुराविरुद्धको खोप अभियान चलाइएको छ। संक्रमण देखिएका वडाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको छ।

पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयले पनि नेपालगञ्जमा देखिएको दादुराप्रति चासो देखाएको छ। स्वास्थ्य सेवा विभागको टोली नेपालगञ्ज आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष