नेपालगञ्जमा दादुराका आधा बिरामी निको भए

नेपालगञ्जमा दादुराका आधा बिरामी निको भए
+
-

नेपालगञ्ज – नेपालगञ्जमा देखिएको दादुराको प्रकोप विस्तारै घट्दै गएको छ। दादुराबाट संक्रमित भएकामध्ये आधाजति निको भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार पुस १२ गतेयता १ सय १५ जना दादुरा संक्रमित फेला परेकोमा ५२ जना निको भएका छन्। अहिले ६२ जनाको उपचार भइरहेको छ। एक जनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकामा १ सय १३ र खजुरा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको थियो। नेपालगञ्जमा पुस २२ गतेदेखि दादुराविरुद्धको खोप अभियान चलाइएको छ। गम्भीर भएका बिरामीलाई अस्पताल लगिएको छ भने सामान्यलाई घरमै आइसोलेट गरेर उपचार गरिएको छ।

नेपालगञ्जका आठ वटा वडामा खोप अभियान चलेको छ। १, ४, ५, ७, ८, ११, १४ र १५ नम्बर वडा बिहीबार पनि खोप लगाइएको छ। अहिलेसम्म ७ हजार १ सय ६३ जनालाई खोप लगाइएको छ।

जिल्लामा अझै सात हजार डोज खोप स्टक रहेको र ३० हजार डोज आउँदै गरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष