‘स्वास्थ्यका हरेक खरिदमा ५० प्रतिशतसम्म कमिसन’

‘स्वास्थ्यका हरेक खरिदमा ५० प्रतिशतसम्म कमिसन’
+
-

काठमाडौँ – स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य क्षेत्रमा देखिएको विकृती रोक्न माग गरेको छ।

संघले २४ बुँदे ध्यानाकर्षपत्र सार्वजनिक गर्दै राजनीतिक आडमा रहेर स्वास्थ्य क्षेत्रमा विकृति मौलाएको विकृति अन्त्यको माग गरेको हो।
संघले प्राविधिक तथा नीतिगत तहबाट स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार बढेको बताउँदै यसलाई निराकरण गर्नका लागि सबै क्षेत्रबाट झकझक्याउन आवश्यक भएको बताएको छ।

विशेष गरी स्वास्थ्य सेवा विभागको खरिद महाशाखा भ्रष्टाचारको अखडा भएको दाबी गर्दै औषधि, उपकरण, सर्जिकल सामग्री र प्याथोलोजी ल्याबमा चरम भ्रष्टाचार हुने गरेको संघका अध्यक्ष नवराज बस्नेतले बताए।

उनले स्वास्थ्यका हरेक पदाधिकारीको योजना भ्रष्टाचार गर्नेतर्फ उद्दत रहेको उल्लेख गरे। महाशाखाले प्रत्येक सामानको खरिदमा ४० प्रतिशत कमिसन लिने गरेको उनी बताउँछन्।

उनले भने, ‘स्वास्थ्यका प्रमुखले भनेजति कमिसन दिनुपर्छ। ४० देखि ५० प्रतिशत कमिसन माग्ने गरेका छन्। सामानमा अत्यधिक कर लगाइएको छ । हामी निजी व्यवसायी निकै मर्कामा परेका छौं।’

त्यस्तै, औषधिको रकम भुक्तानीसमेत बेलामा नगरिदिँदा थप अप्ठ्यारोमा पर्ने गरेको उनको भनाइ छ। औषधि व्यवस्था विभागले जनशक्तिको कमी देखाउँदै अनुगमनलाई झारा टार्ने मात्रै काम गरेको अध्यक्ष बस्नेतले बताए।

सरकारले बिक्री वितरणमा रोक लगाएको औषधिसमेत बिक्री हुने गरेको र जनता निःशुल्क पाउनुपर्ने औषधि समेत अहिले पाउने अवस्थामा नभएको व्यवसायीहरुले गुनासो गरेका छन्।

गर्भपतन तथा यौन उत्तेजना बढाउने औषधिमा प्रतिबन्ध लगाइए पनि बजारमा खुलेआम बिक्री भएको भन्दै यसलाई रोक्नका लागिनीतिगत तहमै सुधार हुनुपर्ने माग स्वास्थ्य व्यवसायहीरुले गरेका छन्।

खरिदकर्ता र व्यवसायीबीच स्वास्थ्य मन्त्रालयमा निरन्तर संवादको वातावरण मिलाउनुपर्नेमा स्वास्थ्य व्यवसायीहरुले जोड दिएका छन्। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बायोमेडिकल इञ्जिनियर महाशाखा स्थापना गरेर उच्च तहका कर्मचारीको संयोजकत्वमा निजी क्षेत्रको व्यवसायीसमेतको सहभागितामा स्वास्थ्य सामग्री खरिद तथा नीति नियम निर्धारण समिति तत्काल गठन गर्नुपर्ने आवश्यक रहेको समेत संघले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष