बिरामी परेपछि वर्षमान पुनलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो, अस्पताल भर्ना

बिरामी परेपछि वर्षमान पुनलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो, अस्पताल भर्ना
+
-

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अस्पताल भर्ना भएका छन्।

नेता पुन माघीको अवसरमा रोल्पा गएका थिए। दुई दिनअघि रोल्पा गएका उनको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि शनिबार हेलिकप्टरबाट काठमाडौँ ल्याएर अस्पताल भर्ना गरिएको हो।

पारिवारिक स्रोतका अनुसार अहिले पुनको ललितपुरको सुमेरु अस्पतालमा उपचार भइरहेको छ। हेलिकप्टरबाट काठमाडौँ उत्रिएलगत्तै उनलाई अस्पताल भर्ना गरिएको हो।

वंशाणुगत जण्डिसबाट पीडित पुन रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। स्वास्थ्यमा सुधार भएपछि उनी चीनबाट पुस ५ गते स्वदेश फर्किएका थिए। उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो।

पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ। यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो।

चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताए पनि अत्याधिक राजनीतिक सक्रियताका कारण पुनलाई समयसमयमा रोगले सताउने गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष