गण्डकीको सभामुखमा धिताल निर्वाचित

गण्डकीको सभामुखमा धिताल निर्वाचित
+
-

पोखरा – गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। गोरखा १ (क) बाट निर्वाचित धिताल नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, राप्रपाको समर्थनमा सभामुख निर्वाचित भएका हुन्।

धितालको पक्षमा ३२ मत खस्यो। धिताललाई स्वतन्त्र निर्वाचित भइ नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) ले पनि मतदान गरे।

नेपाली कांग्रेसबाट सभामुख बनेकी सरस्वती अर्यालको पक्षमा २६ मत खसेको छ। मतदान प्रकृयामा ५८ जना सहभागि भएका थिए। ज्येष्ठ सदस्यको हैसियतमा प्रदेश सभा बैठकको अध्यक्षता ग्रहण गरेका मित्रलाल बस्यालले मतदान गरेनन्। नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी अनुपस्थित भए।

धितालको प्रस्तावकमा माओवादीका फडिन्द्र देवकोटा र समर्थकमा एमालेका प्रमुख सचेतकसमेत रहेका रोशनबहादुर गाहा थापा थिए। अर्याललाई तुलसीराम सुवेदीले प्रस्ताव र डा. टकराज गुरुङले समर्थन गरेका थिए।

सभामुख निर्वाचित धिताल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट हुन्। उनले माओवादी संसदीय दलको नेतामा पनि दाबी गरेका थिए। उनले दाबी छाडेपछि महासचिव देव गुरुङ निकट हरिबहादुर चुमान सर्वसम्मत संसदीय दलको नेता बनेर विनाविभागीय मन्त्री बनिसकेका छन्।

सभामुखमा निर्वाचित ६२ वर्षीय धिताल गोरखा भिमसेन थापा गाउँपालिकाका हुन्। उनी २०७० मा समानुपातिकतर्फबाट संविधान सदस्य भएका थिए। जनमुक्ति सेनामा कमिसार भएकाले धिताल १० वर्षे जनयुद्धको बेला कास्की, लमजुङ र गोखराको इन्चार्ज भएर काम गरेका थिए।

गण्डकीमा उपसभामुखको निर्वाचन माघ २ गते गर्ने तयारी छ। उपसभामुख गठबन्धनको भागबन्डामा एमालेलाई परेको छ। एमालेबाट पद्मा जिसी र देवका पहारीको उपसभामुखमा चर्चा छ। पद्मा नवलपुर २ (क) बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। कास्कीकी देवका समानुपातिक कोटाबाट सांसद भएकी हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?