
विनोद ढुंगाना
माघ १, २०७९

अ
+
अ
अ
-
पोखरा- पोखरामा जहाज दुर्घटना भएको छ ।
यति एयरलायन्सको जहाज सेती नदीको खोंचमा खसेको हो । जहाजमा ६८ यात्रु थिए।
काठमाडौंबाट पोखरा आएको जहाज ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको विमानस्थल स्रोतले बताएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।
प्रहरी, आर्मी र स्थानीय मिलेर उद्धार गरिरहेका छन् । पोखरा महानगरपालिका–१५ सितारामपुल नजिकै सेती खोंचमा खसेको हो।

