गाउँकै स्वास्थ्य चौकीमा गर्भवतीको अल्ट्रासाउन्ड

गाउँकै स्वास्थ्य चौकीमा गर्भवतीको अल्ट्रासाउन्ड
+
-

सिमकोट – दुुर्गमका स्वास्थ्य चौकीमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने कार्य भएको छ। गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेको बेला जिल्ला अस्पतालबाट गएकी दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउन्ड गर्ने कार्य भएको हो।

जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले आफू संलग्न भएर सर्केगार्ड गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा गर्भवती महिलाको अल्ट्रासाउन्ड मेसिनबाटे गर्भजाँच गर्ने कार्य भएको बताइन्।

उक्त गाउँपालिकाका रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा गर्भवतीको सो विधिबाट गर्भजाँच गरिएको हो। तीन दिनमा उनले ६५ जनाभन्दा बढी गर्भवतीको अल्ट्रासाउन्डबाट चेकजाँच गरेकी थिइन्।

उनले अल्ट्रासाउन्ड गर्ने क्रममा ११ जना गर्भवतीको पाठेघर खसेको र दुुई जनाको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको बताइन्।

पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार भए पनि शिशुको टाउको उल्टो रहेको गर्भवतीलाई तत्काल जिल्ला अस्पताल आउन सुुझाव दिइएको छ।

समयमै ती गर्भवतीको चेकजाँच भएकाले पछि हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुुगेको हो। अल्ट्रासाउन्डबाट गर्भवतीको चेकजाँच गर्ने उपचार विधि नभएपछि सर्केगार्ड गाउँपालिकाले वरिष्ठ अनमी बोहरालाई जिल्लाबाट झिकाएर चेकजाँचका लागि समन्वय गरेको थियो।

गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवतीको गर्भ वास्तविक अवस्था पत्ता लगाउन दक्ष जनशक्तिबाट अल्ट्रासाउन्ड गर्नुपरेको जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष