पाइलट केसीले गरेका थिए दुर्घटना भएको विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो’ उडान

पाइलट केसीले गरेका थिए दुर्घटना भएको विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो’ उडान
+
-

पोखरा – काठमाडौँबाट पोखरा उडेको यती एयरलायन्सको जहाज आइतबार बिहान पोखरा महानगरपालिका–१५ मितेरीपुलनजिकै सेती खोंचमा दुर्घटना भएको छ। जहाजमा चालक दलका ४ जनासहित ७२ यात्रु सवार थिए। दुर्घटनामा परेको एटीआर जहाज पहिलो हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। बाँकी शव निकाल्ने प्रयास भइरहेको छ। पाँच घण्टादेखि शव निकाल्ने काम भइरहेको हो।

काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेको थियो।

दुर्घटनामा परेको यती एयरलायन्सको एनवाइटी ६९१, ९ एन–एएनसी विमान प्रशिक्षक पाइलट कमल केसीले उडाएका थिए। केसी कास्कीकै पाइलट हुन्।

कास्कीको रुपा गाउँपालिका–१ फल्याङकोटमा जन्मिएका केसीको परिवार अहिले रुपा–३ पोल्याङमा बस्ने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए। उनी हाल भने दुई छोरा र श्रीमतिसहित काठमाडौँको बुढानिलकण्ठमा बस्दै आएका थिए।

२०४७ सालमा केसी पाइलट बनेको अध्यक्ष ओझाले बताए। ‘गाउँपालिकाको पहिलो पाइलट हो उहाँ’, उनले भने, ‘अघिल्लो वर्ष हामीले उहाँलाई गाउँपालिकाबाट सम्मान गरेका थियौँ।’

‘रुपा रत्न’ पुरस्कारबाट पाइलट केसीसहित साहित्य, लेखन, कलाकार, पत्रकार, खेललगायतको क्षेत्रमा ख्याती पाएकालाई सम्मान गरेको थियो। गाउँपालिकालाई चिनाउनका निम्ति उनको ठूलो योगदान रहेकाले सम्मान गरेको ओझाले बताए।

‘यो दुर्घटनाले हामी एकदम दुःखी छौँ। अहिले उहाँको परिवारसँगै छौँ। उहाँको सनाखत भइसकेपछि गाउँपालिकाले गर्नपर्ने सबै प्रक्रिया पूरा गर्छ’, उनले भने।

अध्यक्ष ओझाका अनुसार केसी अनुभवी पाइलट थिए। उनै केसीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको ओझा बताउँछन्। दुर्घटनामा परेको यही जहाजमा केसीले डेमो उडान भरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?