विमान दुर्घटना अपडेटः ११ जनाको सनाखत

विमान दुर्घटना अपडेटः ११ जनाको सनाखत
+
-

पोखरा – पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको सनाखत भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको शवको आफन्तले सनाखत गरेका हुन्।

निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सोना दिनकर, सदाकत अलिमियाँ, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, अरुण पौडेलको सनाखत भएको छ।

यस्तै, पूर्णकुमार गुरुङ र १० महिने बालक रियान पौडेलको समेत सनाखत गरिएको हो। कोरियाली नागरिक यु केयुंगलको सनाखत भएको छ।

हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३८ शव पुर्‍याइएको छ। दुर्घटनास्थलबाट ६८ शव निकालिएको छ।

एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ। ९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेकोे यति एयरलायन्सले जानकारी दिएको छ।

दुर्घटनास्थलमा क्रेन लगाएर शव निकालिँदै छ। शव अस्पताल लगिएपछि पश्चिमाञ्चल अस्पताल परिसरमा भीडभाड बढेको छ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?