
पोखरा – पोखरामा सोमबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अझै ४ जनाको अवस्था अज्ञात छ।
६८ जनाको शव निकालेर अस्पताल पुर्याएर पहिचानको क्रममा छ।
पोखरा महानगरपालिका- ७ र १५ जोड्ने मितेरी पुल नजिकको सेती खोँचमा अज्ञात ४ जनाको खोजी जारी छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोँच माथि अड्एिको विमानको बडीमा खोजतलास गरिरहेको छ।
माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर-७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए।
थप तस्बिरहरू: