१६९ जना गर्भवतीको अल्ट्रासाउन्ड गरियाे

१६९ जना गर्भवतीको अल्ट्रासाउन्ड गरियाे
+
-

सिमकोट – दुुर्गमका चार वटा स्वास्थ्यचौकीमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिएको छ। गाउँघरमा गर्भवतीलाई सामान्य गर्भ जाँच हुने गरेका बेला जिल्ला अस्पतालबाट गएका दक्ष जनशक्तिसहित उपकरणबाट गर्भवतीको अल्ट्रासाउन्ड गरिएको हो।

जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार सर्केगार्ड र खार्पुनाथ गाउँपालिकाका चार वटा स्वास्थ्य चौकीमा १६९ जना गर्भवतीको अल्ट्रासाउन्ड मेसिनबाट गरिएको हो।

सर्केगार्ड गाउँपालिकाका रोडिकोट पचास, सर्केगार्ड स्वास्थ्य चौकीमा २५ र रिप स्वास्थ्य चौकीमा ३८ जना गर्भवतीको सो विधिबाट गर्भ जाँच गर्ने कार्य भएको हो।

त्यसैगरी, सोमबार खार्पुनाथ गाउँपालिकाको सामुदायिक अस्पतालमा ६६ जना गर्भवतीको मेसिनबाट जाँच गरिएको वरिष्ठ अनमी बोहराले जानकारी दिइन्।
उनले चार दिनमा उक्त संख्याकी गर्भवतीको अल्ट्रासाउण्डबाट चेकजाँच गरेकी हुन्। अल्ट्रासाउन्ड गर्ने क्रममा ११ जना गर्भवतीको पाठेघर खसेको र दुुई जना गर्भवतीको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको थियोे।

पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार भए पनि शिशुको टाउको उल्टो रहेको गर्भवतीलाई तत्काल जिल्ला अस्पतालमा आउनका लागि आग्रह गरिएको छ।

समयमै ती गर्भवतीको चेकजाँच भएका कारण पछि हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुुगेको हो। अल्ट्रासाउन्डबाट गर्भवतीको चेकजाँच गर्ने उपचार विधि नभएपछि दुुवै गाउँपालिकाले वरिष्ठ अनमी बोहरालाई जिल्लाबाट झिकाएर चेकजाँचका लागि समन्वय गरेका थिए।

गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भको वास्तविक अवस्था पत्ता लगाउन दक्ष जनशक्तिबाट अल्ट्रासाउण्ड गर्नुपरेको जनाएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष