विमान दुर्घटनास्थलमा फ्रान्सको विज्ञ टोली (तस्बिरसहित)

विमान दुर्घटनास्थलमा फ्रान्सको विज्ञ टोली (तस्बिरसहित)
+
-

पोखरा – पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा फ्रान्सेली विज्ञ टोली आएको छ।

एटिआर विमान दुघर्टनाबारे अध्ययन गर्न विमान निर्माण कम्पनीको तर्फबाट ९ सदस्यीय टोली नेपाल आएको हो।

 

मंगलबार साँझ आएको टोलीले बुधबार बिहानैदेखि दुर्घटनास्थलमा अध्ययन गरिरहेको छ। टोलीले दुर्घटनाको कारण र विमान निर्माणमा त्रुटि भए/नभएको जाँच गर्ने जनाइएको छ।

दुर्घटनालगत्तै नेपाल सरकारले पनि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग बनाएको थियो। आयोगका सदस्यहरू पनि जाँचबुझका लागि घटनास्थलमा छन्।

पोखरा महानगरपालिका- ७ र १५ जोड्ने मितेरी पुल नजिकै आइतबार बिहान ११ बजेको आसपासमा विमान दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर चालक दलका ४ सहित ७२ जनाको मृत्यु भएको छ। हालसम्म ७० जनाको शव फेला परेको छ।

थप तस्बिरहरू:  

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?