वीरगञ्ज- बाटोको विषयमा भएको विवादमा कुटपिट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पर्साको जीराभवानी गाउँपालिका-१ महादेवपट्टी बस्ने ४५ वर्षीय हीरालाल मुखिया विन, २१ वर्षीय विनोद मुखिया विन र १९ वर्षीय ललन मुखिया विनलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनैजनासहित एघार जनाले २०७८ साल जेठ २२ गते आफ्नै टोलमा बाटो अवरुद्ध गरेको विषयलाई लिएर छिमेकी प्रभु प्रमेशवर दास तत्वालाई लाठीभाटा प्रहार गरी घाइते बनाएका थिए।
कुटपिट पछि फरार रहँदै आएका तीनै जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई ज्यान मार्ने उद्याेग कसुरअन्तर्गत अदालतबाट पाँच दिनको म्याद थप गराइ आवश्यक अनुसन्धान भइरहेको गिरिले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































