जेट स्ट्रिम नेपालमाथि, हावाले बढार्‍यो वायुमण्डलको धुलो

जेट स्ट्रिम नेपालमाथि, हावाले बढार्‍यो वायुमण्डलको धुलो
+
-

काठमाडौँ – यो हिउँदमा अहिलेसम्म पानी नपरे पनि वायुमण्डलमा जम्मा भएका धुलोका कण आंशिक रुपमा हट्ने गरी हावा चल्दा काठमाडौँ उपत्यकासहितमा आकाश खुल्नुका साथै वायुमण्डल सफा देखिएको छ।

मौसमी गतिविधिको अनुगमन गर्दै आएका विज्ञका अनुसार वायुमण्डलको ठीक माथि रहने तीव्र गतिमा हावा चल्ने क्षेत्र जेट स्ट्रिम अर्थात सानो आकारको ब्याण्ड नेपालमाथि रहेकाले धुलोका कण बढारिने गरी हावा चलेको हो।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतगको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार वायुमण्डल सफा हुनुमा जेट स्ट्रिमको प्रमुख भूमिका रहेको छ।

‘जेट स्ट्रिम नेपालमाथि छ। त्यसले सतहसम्म हावा चल्न सहयोग गरेको छु,’ पोखरेलले भने, ‘त्यसले वायुमण्डलमा रहेका धुलोका कण सफा गर्न ठूलो सहयोग गरेकाले वरपरका पहाड स्पष्ट देखिएका छन्। काठमाडौँबाट हिमाल देखिने गरी मौसम खुल्नुमा त्यसकै सहयोग हो।’

पृथ्वीको सतहबाट १० देखि १५ किलोमिटर माथि अर्थात वायुमण्डलभन्दा माथिल्लो तहमा सानो आकारको हावा चल्ने क्षेत्र रहन्छ, त्यसलाई जेट स्ट्रिम भनिन्छ। सो जेट स्ट्रिम अहिले नेपालमाथि रहेको र त्यहाँ ६५ मिटर प्रतिसेकेण्डको गतिमा हावा चलेको र त्यसको प्रभावले सतहसम्म पनि करिब पाँच मिटर प्रतिसेकेण्डको गतिमा हावा चल्दा धुलो बढारिन सहयोग पुगेको पोखरेलले बताए।

‘आद्रता भएको भए पानी पर्ने थियो। घमाइलो दिन हुँदा पानी परेन तर हावा चल्यो,’ उनले भने। चिसो क्षेत्रबाट तातोतर्फ हावा बहने गर्छ। घाम लागेको तथा आद्रता नहुँदा काठमाडौँसहितका क्षेत्रमा हावा चल्न सहयोग पुगेको हो।

यो हिउँदमा अहिलेसम्म मौसम खुल्ने गरी वा खेतीपातीलाई हुने गरी पानी परेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बेलुकादेखि पश्चिम हुँदै पानी पर्ने प्रणाली भित्रिने देखिएको छ। महाशाखाका मौसमविद् सन्दीप अधिकारीले भने, ‘सोमबारदेखि पानी पर्न सक्छ तर सो प्रणाली काठमाडौँसम्म आइपुग्न भने केही दिन लाग्छ।’

त्रिविअन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक पोखरेलका अनुसार भने केही दिनयता मौसमी गतिविधि निरन्तर परिवर्तन भइरहेकाले आँकलन मिल्ने सम्भावनामा केही शंका छ।

उनले भने, ‘काठमाडौँसम्म पानी पर्ने प्रणाली आउन शुक्रबारसम्म लाग्न सक्छ। तर अहिले नै भन्न सकिने अवस्था छैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?