टेकु अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न जरुरी छः राज्यमन्त्री कार्की

टेकु अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न जरुरी छः राज्यमन्त्री कार्की
+
-

काठमाडाैँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन्।

मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएकी हुन्। हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवारोग सम्बन्धी अस्पतालहरुको सेवा बिस्तार हुन आवश्यक रहेको उनकाे भनाइ छ।

साथै, उनले आउनसक्ने विभिन्न खाले प्रकोपलाई धान्नसक्ने अस्पतालहरू पालिकास्तरमा बनाउन आवश्यक रहेकोसमेत बताइन्।

‘अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। अब गाउँ गाउँमा, पालिका, पालिकामा, नगरुपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धीका अस्पतालहरु हुन जरुरी छ। त्यस्ता प्रकोप धान्नसक्ने जोखिम उठाउनसक्ने अस्पतालहरु हुन आवश्यक छ।’ उनले भनिन्,’यो हामीले बनाउन सक्नुपर्छ। त्यसको लागि विकेन्द्रीकरण कसरी गर्न सकिन्छ, शुक्रराज अस्पतालले दिइरहेका सेवालाई कसरी विकेन्द्रकरण गर्न सकिन्छ? त्यसका लागि हामी तत्पर रहने छाैँ। हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेण्डा बोकेर अघि आएका छौँ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष