महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पूरानो ट्राफिक घर, पोखरा घर बनाइने

महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पूरानो ट्राफिक घर, पोखरा घर बनाइने
+
-

पोखरा- पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक घर भत्काउन सुरु गरेको छ। पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको छ।

जीर्ण अवस्थामा रहेको भवनलाई भत्काएर सौन्दर्यकरण गर्ने पोखरा महानगरपालिकाको योजना छ। पूरानो ट्राफिक घर भत्काएर त्यहाँ पोखरा घर निर्माण सुरु गर्ने पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए।

‘पोखराको पोखरा घर बनाउन पर्छ भनेर पोखरा महानगरले सुरुवात गरेको योजना अन्तर्गत आर्ट ग्यालरी, पुस्तकालय र एउटा घण्टाघर बनाउने सुरुवात गरेका छौँ’, उनले भने।

पोखरा घर निर्माणमा ढिलाइ नहुने उनको भनाइ छ। ‘आकर्षक घर र सूचना केन्द्र आवश्यक छ भनेर योजना बनाएका हौँ। यसका लागि बजेट पनि विनियोजन भइसकेको छ’, वडाध्यक्ष मर्सानीले भने।

पोखरा घर बनाउने भनिएको जग्गा पोखरा उपत्यका नगर विकास समितिको हो। तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरिएको थियो।

जग्गा समितिले निशुल्क रूपमा बस टर्मिनलका रूपमा ०३२ सालमा लिएको थियो। लामो समयसम्म ट्राफिक कार्यालयको गोलघर बस्यो। करिब २ वर्ष अगाडिमात्र गोलघर केही माथि नयाँ भवनमा सरेको छ। अब पृथ्वीचोकको करिब २ रोपनी जग्गामा पोखरा घर बन्नेछ।

पोखरा घर बनाउनलाई महानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मंगलबारदेखि भत्काउन सुरु भएको ट्राफिक घर १५ दिनमा सक्ने महानगरले जनाएको छ। पोखरा घर निर्माणका लागि डिपिआर निर्माणको काम भइरहेको छ।

पोखरा घरमा स्थान्तरण गर्ने योजनाका साथ महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले भदौ २३ मा डोजर चलाएको थियो। २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पूरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो।

धनराज आचार्यले भत्काउने कामको थालनी गरे। महेन्द्रपुलमा आकर्षक पार्क बनाउने तयारीमा महानगर छ। महेन्द्रपुलको आर्ट ग्यालरी भत्काएपछि पनि पोखरा घर निर्माणमा ढिलाइ हुँदा पोखरेली कलाकर्मीले आफ्नो कला देखाउन स्थानको अभाव खेप्नुपरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?