पोखरामा क्यानको बैठक सुरु, असन्तृष्ट ७ सदस्य अनुपस्थित

पोखरामा क्यानको बैठक सुरु, असन्तृष्ट ७ सदस्य अनुपस्थित
+
-

पोखरा- नेपाल क्रिकेट संघ क्यानको बैठक पोखरामा सुरु भएको छ। असन्तृष्ट पक्षका ७ सदस्यको अनुपस्थितिमै बैठक सुरु भएको हो ।

मंगलबार साँझ सुरु भएको बैठकले एजेन्डामाथि छलफल थालेको छ ।

मंगलबार बिहान पोखराको ड्यामसाइडस्थित होटल एलो प्यागोडामा बैठकमा अपौचारिक छलफल सुरु नहुँदै ऋषिराम गौतमसँगै छुम्बी लामा, करण महतारा क्षेत्री, दाउद अन्सारी, अमितवीर पाण्डे, धर्मराज गिरी र संजयराज सिंहले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग्दै बैठकमा सहभागी नहुने घोषणा गरेपछि स्थगित भएको हो ।

दिउँसो ४ बजेसम्म असन्तृष्ट पक्षलाई बैठकमा सहभागी हुन समय दिएको थियो ।

५ बजेपछि असन्तृष्ट पक्षले पोखराको जिरोकिलोमिटरमा पत्रकार सम्मलेन गर्दै नैतिकताको आधारमा अध्यक्षले राजीनामा दिनुपर्ने जानकारी गराए ।

पत्रकार सम्मेलन सुरु भएपछि क्यानको बैठक पनि सुरु भएको सहभागी एक सदस्यले बताए ।

‘उहाँहरुलाई ४ बजेसम्म समय दिएका थियौं । पत्रकार सम्मलेन गरेपछि बैठक सुरु भयो’, ती सदस्यले भने । बैठकस्थलमा फोटो खिच्न प्रवेश गरेका पत्रकारसँग छोटो जवाफ दिँदै अध्यक्ष चन्दले भने, ‘दोहोरी खेल्ने पक्षमा हामी छैनौं ।’ बैठक सकिएपछि निर्णय सार्वजनिक गर्ने अध्यक्षले चन्दले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?