सुसाइड नोटमा ‘माफ गर’ भन्दै ७ वर्षीय छोरीको हत्यापछि बाबुले गरे आत्महत्या

सुसाइड नोटमा ‘माफ गर’ भन्दै ७ वर्षीय छोरीको हत्यापछि बाबुले गरे आत्महत्या
+
-

काठमाडौँ- काठमाडौँको पुरानो बानेश्वरमा भाडामा बस्दै आएका बाबु-छोरी मृत भेटिएका छन्।

काठमाडौँ महानगरपालिका-१० पुरानो बानेश्वरमा शनिबार साँझ करिब ५ बजेतिर भाडाको फ्ल्याटमा बस्दै आएका बाबु-छोरी मृत भेटिएका हुन्।

रामेछापका ३५ वर्षीय किशोर भण्डारी शौचालयभित्र झुन्डिएको र ७ वर्षीया छोरी घाँटी रेटिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले बताएका छन्।

छोरी शारीरिक रूपमा अशक्त रहेको प्रहरीले जनाएको छ। ढोकाभित्रबाटै बन्द भएका कारण प्रहरीले प्रारम्भिक रूपमा किशोरले छोरीको हत्यापछि आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

किशोरले बिहान मात्र ६ महिनाको छोरा र श्रीमतीलाई भक्तपुरस्थित माइत पठाएको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्। उनका अनुसार साँझ कोठा फर्किएकी श्रीमतीले भित्रबाटै ढोका बन्द रहेको चाल पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्।

किशोर फार्मेसी सञ्चालक हुन्। केही समयदेखि उनमा मानसिक समस्या रहेको पनि पाइएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार घटनास्थलमा प्रहरीले एक पेजको सुसाइड नोट पनि फेला परेको छ। सुसाइड नोटमा उनले तिर्न बाँकी ऋणहरू उल्लेख गरेका छन्। यसैगरी, अशक्त छोरीलाई बिजोग देख्न नसक्ने भन्दै सुसाइड नोटमा ‘माफ गर’ लेखिएको ती अधिकारीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?