घरदैलो अभियानबाट ६० वर्षमाथि ४ सयभन्दा बढी बिरामीको उपचार

घरदैलो अभियानबाट ६० वर्षमाथि ४ सयभन्दा बढी बिरामीको उपचार
+
-

सिमकोट – ठेहे स्वास्थ्य चौकीले घरदैलो अभियान सञ्चालन गरेर चार सयभन्दा बढी बिरामीको उपचार गरेको छ। घरघरमै सेवा दिने उद्देश्यले सञ्चालन गरेको अभियानबाट उपचार सेवा प्रदान गरिएको हो।

सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुुर बोहराले चार दिनमा चार सय तीस जना साठी वर्ष माथिका बिरामीको घरघरमै पुुगेर उपचार गरिएको जानकारी दिए।

स्वास्थ्य चौकीमा आएर उपचार गर्न नसक्ने देखिएपछि चौकीका स्वास्थ्यकर्मी घरदैलोमै पुुगेर उपचार गरिएको हो। केही जटिल केसका बिरामीलाई भने स्वास्थ्य चौकी बोलाएर उपचार गरिएको थियो।

साविकको गाविसका वडाअनुुसार घरदैलो सेवाबाट उपचार गरिएका बिरामीमा वडा नम्बर २ बाट ११२ जना, ३ र ४ बाट ११८ जना, ५ बाट ६६ जना र ६ बाट १०८ जना थिए।

उनले अब वडा नम्बर १ को दोजाम गाउँ बाँकी रहेको र सो गाउँमा पनि स्वास्थ्यकर्मी गएर घरदैलो अभियानबाट उपचार गरिने बताए। पछिल्लो समय स्वास्थ्य चौकीले प्रभावकारी सेवा प्रदान गर्न थालेपछि सेवाग्राहीलाई उपचारमा सहजता हुँदै आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष