
विनोद ढुंगाना
माघ २८, २०७९

अ
+
अ
अ
-
पोखरा – पोखराको लेकसाइडमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ।
करिब आधा घण्टाअगाडि आगलागी सुरु भएको हो। सेलवेजको अन्डरग्राउण्डमा आगलागी भएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की भन्छ, ‘आगलागी नियन्त्रणको नजिक छौँ।’

