पोखरामा नमस्तेको सांगीतिक महोत्सव

पोखरामा नमस्तेको सांगीतिक महोत्सव
+
-

पोखरा- तीन दशक लामो इतिहास बोकेको सांगीतिक ब्याण्ड नमस्तेले पोखरामा विश्व संगीत महोत्सव गर्ने भएको छ। लेकसाइडको वाराही घाटमा फागुन ५ र ६ गते नमस्तेको विश्व संगीत महोत्सवले संगीतमय माहोल बन्नेछ।

पोखरेली ब्याण्ड नमस्तेको ३४ औँ वार्षिकोत्सवको सन्दर्भमा विश्व संगीत महोत्सव आयोजना गरिन लागिएकाे हो।

महोत्सवका संयोजक तथा नमस्ते ब्यान्डका ईश्वर गुरुङका अनुसार यो १६ औँ संस्करणको महाशिवरात्री विश्व संगीत महोत्सव हो।

‘महाशिवरात्री महोत्सव कलाकारहरूको उत्सव हो। नेपालका चर्चित कलाकारको उपस्थिति रहनेछ। हामीले यसलाई व्यावसायिकभन्दा पनि सामाजिक एवम् धार्मिक आस्थाका रूपमा लिएका छौँ। हाम्रो हरेक कार्यक्रमको एउटा उद्देश्य हुन्छ। जसलाई सफल बनाउन पोखरेली दर्शकको न्यानो माया आजसम्म मिलेको छ’,उनले भने।

यसअगाडि काठमाडौँ र पोखरामा संगीत महोत्सव गरिन्थ्यो। योपल्ट पोखरामा मात्रै हुुनेछ। कोरोना संक्रमणका कारण तीन वर्षपछि कार्यक्रम आयोजना गरेको गुरुङले जानकारी दिए।

‘पप गीतसँगै आधुनिक, र्‍याप र लोकदोहोरी गीतहरू महोत्सवमा गुञ्जिनेछन्’, उनले भने।

स्थानीयसँगै अन्तर्राष्ट्रिय ब्यान्डहरुको प्रस्तुति महोत्सवमा रहनेछ। अमेरिकाको पिजे एन्ड पिस जोएन्ट, वनशिवा मिनामी, मर्करी, तिब्बतको हिटा ब्यान्डले पोखरा तताउनेछन्।

पुराना चल्तीका गायक दीप श्रेष्ठ, उदय मनिला सोताङ, राजेशपायल राई, सुगम श्रेष्ठ लगायतका कलाकारले फेवा किनारको माहोल तताउनेछन्।

पछिल्लो निकै चर्चित गजल ‘के लत बस्यो मलाई…’ का गायक तिलकसिंह पेलाको पनि प्रस्तुति रहनेछ। झन्डै ९० गायकगायिका उपस्थित भएर शिवरात्रीमा पोखराको माहोल सांगीतिक बनाउने नमस्तेले जनाएकाे छ।

लोकदोहोरीतर्फ प्रजापति पराजुुली, पुुरुषोत्तम न्यौपाने, राजुु परियार, शर्मिला गुुरुङ, राजन गुरुङ, ज्योति मगर गुञ्जनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?