प्यारालाइसिस भएकी आमालाई छोराबुहारीले कुटपिट गरेर जलाएपछि…

प्यारालाइसिस भएकी आमालाई छोराबुहारीले कुटपिट गरेर जलाएपछि…
+
-

पोखरा – मान्छे कतिसम्म क्रुर र निर्दयी बन्दै छ ? तनहुँको बन्दीपुरमा सोमबार घटेको एक घटनाले प्रष्ट पार्छ। बन्दीपुर गाउँपालिका–३ शेराटारमा सोमबार एकाविहानै आफ्नै आमालाई छोराबुहारीले कुटपिट गरी मारेर आगोमा जलाइदिएका छन्। सोमबार विहान उज्यालो नहुँदै राजकुमार सार्कीको गाई गोठमा आगो लाग्यो। गाइगोठमा आगो लाग्दा गाइसँगै राजकुमारकी आमा ८४ वर्षीया माया सर्किनीको जलेर मृत्यु भयो।

स्थानीय जनप्रतिनिधिले गाई गोठमा आगो लागेर गाइसहित सर्किनीको मृत्यु भएको खबर इलाका प्रहरी कार्यालय बन्दिपुरमा गरे। जानकारी दिने जनप्रतिनिधिले प्रहरीलाई भने, ‘घटना शंकास्पद छ। केही न केही हुन सक्छ।’ जलेर मृत्युवरण गरेकी सर्किनीको अनुहारमा चोटपटक लागेको कारण घटना शंकास्पद थियो। त्यसपछि इलाका प्रहरी कार्यालय बन्दीपुरले जिल्ला प्रहरी कार्यालय तनहुँलाई खबर गर्‍यो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्टसहितको अनुुसन्धान टोलि घटनास्थलमा खटियो। प्रारम्भिक अनुसन्धान गर्दा आफ्नै ४७ वर्षीय छोरा राजकुमार सार्की र बुहारी ३५ वर्षीया सुशिला मजाकोटीले कुटपिट गरेर हत्या गरी जलाएको खुलेको छ।

प्रारम्भिक अनुसन्धानमा छोराबुहारीले कर्तव्य गरी मारेको खुलेपछि दुवैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहनबहादुुर खाँणले बताए। मृतक सर्किनी प्यारलाइसिसको बिरामी रहेको खाँणले बताए। ‘प्यारलाइसिसको बिरामी भएकाले छोराबुहारीले आमालाई नरुचाउने रहेछन्’, उनले भने।

छोराबुहारीसँग पहिल्यैदेखि सम्बन्धमा खटपट भइरहने कारण नजिकै रहेको छोरीको घरमा बस्दै आएकी उनी पछिल्लो १०/११ दिनदेखि छोराको घरमा बस्दै आएकी थिइन्। दुई छोरा मध्य एक छोराको यसअगाडि नै मृत्यु भएको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। आमालाई मारेका छोराबुहारी फरार भएनन्। प्रहरीले दुवैलाई घरबाटै नियन्त्रणमा लिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?