राष्ट्रिय खेलकुद विकास ऐनअनुसार सजायको मागदाबी

स्पट फिक्सिङ : सिआइबीले बनायो १२ जनालाई प्रतिवादी

स्पट फिक्सिङ : सिआइबीले बनायो १२ जनालाई प्रतिवादी
+
-

काठमाडौँ- नेपाल टी-२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

स्पट फिक्सिङमा १२ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको हो। सिआइबीका प्रवक्ता एसपी सन्जयसिंह थापाका अनुसार सिआइबीले अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो।

प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएको छ।

स्पट फिक्सिङमा जतिनलाई नै मुख्य अभियुक्त बनाएको प्रहरीले जनाएको छ। प्रहरीले ३ जनालाई प्रकाउ गरिसकेको र १२ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको थापाले बताएका छन्।

नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र खेलाडी मोहम्मद आदिल आलम पक्राउ परेका छन् भने अरू प्रतिवादी फरार छन्।

गुप्ताले आरिफ शेखलाई फिक्सिङको प्रस्ताव गरेका थिए। शेखलाई प्रस्ताव आएपछि उनले एन्टी करप्सन युनिट र नेपाल क्रिकेट ‌संघ (क्यान)लाई खबर गरेका थिए। त्यस्तै पूर्वखेलाडी मेहबुब आलमले आदिललाई फिक्सिङको प्रस्ताव गरेको अनुसन्धानबाट खुलेको थियो। प्रस्तावअनुसार नै आदिलले दुई वटा खेलमै स्पट फिक्सिङ गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुई जना खेलाडीहरूमाथि प्रहरीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अनुसन्धान अघि बढाएको हो। मेहबुब र आदिललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ। सिआइबीले राष्ट्रिय खेलकुद विकास ऐनअनुसार प्रतिवादीलाई सजायको मागदाबी गरेको छ।

खेलमा मिलोमतो तथा अनियमितता गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था । यसमा कुनै रकम लेनदेन भएको भएमा जफतसमेत गर्ने कानुनी व्‍यवस्था छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?