धेरैजसो मिस नेपालहरु किन गुमनाम छन् ? (भिडियोसहित)

+
-

काठमाडौँ – मिस नेपाल-२०२३ को लागि आवेदन खुला भइसकेको छ।

द हिडन ट्रेजरले प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले चैत १ गतेसम्म आवेदन दिनसक्नुपर्ने बताएको छ।

यस वर्ष ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने छन्। सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने  गरी आवेदन खुला गरीएको हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले बताएका छन्।

इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीलगायत र काठमाडौँमा अडिसन हुने उने बताएका छन्।

पोखरामा मिस नेपालको रिक्रिएसनल कार्यक्रम आयोजना गरिने भएको छ। पहिलो पटक मिस नेपालले औपचारिक रुपमा काठमाडौँबाहिर यस्तो कार्यक्रम गर्न लागेको हो।

जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुने आयोजकले बताएका छन्।

हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारसँग गरीएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ।

मिस नेपाल २०२३ को मुख्य आकर्षण के छ? जुन विगतका वर्षहरुमा थिएन?

हरेक वर्ष हामीले मिस नेपालमा केही न केही नयाँ गर्न खोजिरहेका हुन्छौँ। हरेक वर्ष अघिल्लो वर्ष भन्दा केही राम्रो गर्ने सोचमा नै हुन्छौँ। यस वर्ष चाँहि हामिले सातै प्रदेशमा लुकेर बसेका प्रतिधाहरुलाई समेट्ने निर्णय गरेका छौँ। हामीले गत वर्ष पनि केही स्थानहरुमा अडिसन गरेका थियौँ तर यस वर्ष ति स्थानभन्दा अन्य पनि थपिएका छन्। हामी सातै प्रदेशमा हाम्रा विगतका विजेताहरुलाई पनि सँगै लिएर गएर अडिसन गर्छौँ। यसो गर्दा उहाँहरुको अनुभव सुनेर पनि प्रतियोगितामा सहभागि हुनेहरुको आत्माबल बढ्ने विश्वास हामीले लिएका छौँ। त्यस्तै हामीले काठमाडौँमा विभिन्न कलेजहरुमा गएन पनि अडिसन लिन्छौँ।

मिस नेपाल भन्ने बितिकै मैले गर्न सक्दिन कि भन्ने जुन डर छ त्यसलाई चिर्न पनि हामीले सातै प्रदेशमा पुगेर अडिसन लिइरहेका छौँ।

पर्फेक्ट मिस नेपालका लागि आवश्यक लक्षणहरु के के हुन् ?

सबैभन्दा पहिलो कुरा त आत्माबल हो। तोकिएको सामान्य सिमा प्लस टु पास गरेको, नेपाली नागरीक, उचाइ, उमेर आदि त छदै छन् तर सबैभन्दा ठुलो कुरा भनेको आत्माबल नै हो। हरेक वर्ष हामीले राम्रो राम्रो प्रतियोगिहरु पाइरहेका छौँ यस वर्ष अझै राम्रो पाउँछौँ भन्ने आशा छ।

यसभन्दा अघि तपाइले मिस नेपालले रोलमोडेलहरु उत्पादन गरेको छ भन्नु भएको थियो तर यो व्यवहारमा त देखिएन नि?

मिस नेपालहरुले रोल मोडलको भूमिका खेलिरहेको छैन भन्न मिल्दैन मिस नेपालहरु विभिन्न क्षेत्रमा सामेल भएका छन् कोही मिडिया वकिलमा छन्,  कोही कलाकारीताको क्षेत्रमा छन्, ुड्रेस डिजाइनरु को रुपमा परिचित छन् त्यसैले जहाँ गए पनि उनीहरुले लिडिङ रोल लिइरहेका छन्। मिस नेपाल विजेतालाई मात्रै होइन हामीले सहभागि सबैलाई तालिम दिएका हुन्छौँ त्यसले गरेर उहाँहरुलाई जुनसुकै क्षेत्रमा अघि बढ्न सहज हुन्छ। समाजका केही राम्रो काम गर्न सक्ने व्यक्ति हामीहरुले उत्पादन गरिरहेका छौँ र त्यसमा हामी खुसी पनि छौँ साथै हाम्रो उदेश्य पुरा भएको महशुस पनि गरिरहेका छौँ।

धेरैजसो मिस नेपालहरु गुमनाम छन् यसो हुँदा तपाइहरुको मेहेनत त बालुवामा पानी सहर भएन र?

सबै मिस नेपालहरु गुमनाम छैनन्। उनीहरुले केही समाजसेवाका कामहरु पनि गरेका छन्। नम्रता श्रेष्ठले एकल प्रयासमा झोलुङ्गे पुल निर्माण गर्नु भएको उदाहरण पनि त हामी कहाँ छ। ७० मिटर लामो पुल ६० लाखको लागतमा त्यो पनि ३र४ महिनामा पुरा गरेर देखाउनु कुनै सामान्य कुरा होइन नि। हामीले त केही रोलमोडलहरु उत्पादन गर्ने हो उहाँहरुलाई देखेर अरु पनि त्यसबाट प्रोत्साहित हुनुहोस् भन्ने हाम्रो इच्छा हो। केही २र४ जनाहरु देश छोडेर बाहिर जानु भएको होला अन्य जो नेपालमै हुनुहुन्छ उहाँहरुले समाजसेवा लगायतका थुप्रै कामहरु गरिरहनुभएको छ।

मिस नेपालमा सहभागि हुन हाइट र फिगरमा धेरै फोकस गरेको पाईन्छ, यस्तो लक्षणले मात्रै रोलमोडेल हुन सकिन्छ  र ?

हाइट र फिगर त एउटा सिमा मात्रै हो। मिस नेपाल हुनका लागि अन्य थुप्रै कुराहरु आवश्यक छन् सबैभन्दा ठुलो कुरा त आत्माबल हो। हाइट र फिगर हेरेर मात्रै मिस नेपाल बन्दैन त्यो त एउटा सिमा मात्रै हो। हाइट र फिगर त यस अर्थमा पनि हेरिएको हो कि भोलि मिस नेपाल विजेता अन्तराष्ट्रिय प्रतियोगितामा पनि सहभागि हुँन पायन भनेर हो। सबै कुरामा सक्षम हुँदा हुँदै हाइट र फिगरकै कारण सहभागि हुनबाट पछि हट्न नपरोस भनेर मात्रै राखिएको हो।

मिस नेपालले अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत पुर्याइरहेको छ। सरकारले तपाइहरुलाई हेर्ने अवस्था कस्तो छ ?

नेपाल सरकारले हामीलाई आर्थिक रुपमा कुनै सहयोग गरेको छैन। हामी सहयोग गर्छ भनेर बसेका पनि छैनौ। यस्ता ब्युटी प्याजेन्टहरु त नियमित रुपमा हुने हुन् यस्तोमा सरकारले लगानी गरेर पर्यटन क्षेत्र विकास लगायतका लागि पनि कामहरु गर्न सक्छ नि। तर सरकारले यस क्षेत्रमा कुनै चासँ दिएको छैन।

बाह्य देशहरुमा नेपाललाई प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागी हुन जाँदा त्यहाँ नामले कसैलाई पनि बोलाउँदैन त्यहाँ ब्यक्तिलाई होइन देशलाई चिन्छ। नेपाल भनेर नै बोलाउँछन्। यसरी पनि त देशको नाम चिनिएको छ। नेपाल नाम नै नसुनेका व्यक्तिहरु पनि प्रतियोगितामा आएका हुन्छन्। यस यर्थमा पनि यस्ता प्रतियोगितामा सरकारको भूमिका महत्वपूर्ण हुनु पर्ने हो तर दुर्भाग्य हाम्रो देशले खासै वास्ता गरेको छैन।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?