पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनेबारे पात्रो हेरेर भन्न सक्दिनँ: सुदन किराँती

पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनेबारे पात्रो हेरेर भन्न सक्दिनँ: सुदन किराँती
+
-

पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ पात्रो हेरर भन्न नसक्ने बताएका छन्।

‘यही मिति भन्ने कुरा त अब पात्रो हेरर पनि म भन्न सक्दिनँ। किनकि हामी नेपालमा छौँ। र पनि हाम्रोतर्फबाट अत्यधिक कोसिस भएको छ। यथासक्य चाँडो रन गर्छ भन्ने हाम्रो धारणा हो’, मन्त्री किराँतीले भने।

जनवरी १ तारिखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तामझामका साथ उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नभएपछि पोखरेली निराश छन्।

२०३२ सालमा जग्ग्गा अधिग्रहण गरेर बल्ल निर्माण भएको विमानस्थल पूरानै विमानस्थलको विकल्पजस्तै भएको बताउँदै पोखरेलीहरूले अन्तर्राष्ट्रिय उडानको माग गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर गण्डकी प्रदेश कमिटीले बिहीबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री किराँतीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्नलाई कुटनीतिक पहल भइरहेको जानकारी दिए।

‘यसको सम्भावना राम्रै छ। अन्तर्राष्ट्रियस्तरमा हामीले कुटनीतिक पहल सुरु गरेका छौँ। मित्र राष्ट्र चीन र भारतका महामहिमहरूसँग मैले कुरा अगाडि बढाएको छु’, उनले भने।

कुटनीतिक ढंगले भारतसँग कुरा राखेको उनले दावीसमेत गरे। पोखरासँग सिधै हवाइ सम्बन्ध स्थापित गर्न थुप्रै राष्ट्रसमक्ष पहल थालेको मन्त्री किराँती बताउँछन्।

लगानी खेरा जान नदिने गरेर विमानस्थललाई फुल फेजमा चलाउन सक्नुपर्ने उनको भनाइ छ। समस्याको चाङ भएकाले केही समय लाग्ने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?