ग्यास लिक भएको कोठामा फ्याट्ट बिजुलीको स्विच थिच्दा…

ग्यास लिक भएको कोठामा फ्याट्ट बिजुलीको स्विच थिच्दा…
+
-

काठमाडौँ- नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीको घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएकी उनकी आमाको निधन भएको छ भने सांसद भण्डारीलाई उपचारका लागि मुम्बईको नेसनल बर्न सेन्टर लैजान त्रिभुवन विमानस्थल पुर्‍याइएको छ।

बुधबार राति करिब १० बजेतिर खाना पकाउने ग्यास सिलिन्डर लिक भएको आमा हरिकला भण्डारीले थाहा पाएकी थिइन्। उनी सुत्ने कोठा किचन नजिकै भएकाले ग्यास लिक भएको उनलाई थाहा भयो।  लिक भइरहेको थाहा पाएपछि उनले छोरालाई तत्कालै बोलाइन्। सांसद भण्डारी किचनमा पुगेर बत्ती बाले तर उनले बत्ती बाल्नासाथ लिक भएको ग्यास हावामा भएकाले बिजुलीको सानो झिल्काले नै आगो टिप्यो। बत्ती बाल्नासाथ कोठामा ग्यास फैलिएकाले आगो बल्यो। लिक भएको ग्यास बलिसकेपछि आगो आफैँ निभ्यो। सोही क्रममा सांसद भण्डारी र उनकी आमा सख्त घाइते भए।

काठमाडौँको बुद्धनगरस्थित अढाइ तले घरको भुइँ तलामा बस्दै आएका थिए- सांसद भण्डारी र उनकी आमा। घट्नामा परी घाइते भएकी भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ।

आगोले जलेको अवस्थामा हरिकला र चन्द्रलाई बुधबार राति कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको थियो।

चन्द्र भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको थियो भने उनकी आमा हरिकलाको शरीर ७० प्रतिशत भाग जलेको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले किचनमा ग्यास लिक भएर घटना भएको तर ग्यास विस्फोट भने नभएको बताए।

‘ग्यास लिक भएकोले घटना घट्यो तर त्यहाँ ग्यास विस्फोट भने भएको छैन’,  घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्,  ‘कोठामा लिक भएको ग्यास फैलिरहेको थियो। सोही क्रममा बत्ती बाल्दा निस्किएको सानो झिल्काकै कारण घटना भएजस्तो देखिन्छ। कोठामा फैलिएको ग्यास सकिने बित्तिकै आगो निभ्यो। ‘हिट’ को कारणले झ्यालको सिसा पनि फुटेको देख्न सकिन्छ।’

रिजालले प्रारम्भिक अनुसन्धानका क्रममा ग्यास लिक भएर नै घटना भएको र बाँकी अनुसन्धान पछि पत्ता लाग्ने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?