सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो
+
-

काठमाडौँ- सिलिण्डर लिक भई जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।

उनलाई थप उपचारका लागि कीर्तिपुर अस्पतालबाट निकालेर मुम्बईको नेशनल बर्नस् सेन्टरमा लगिएको हो। श्री एयरलाइन्सको एयर एम्बुलेन्समा राखेर नेता भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको छ।

त्रिभुवन विमानस्थलका अनुसार उक्त जहाज मुम्बईका लागि प्रस्थान गरिसकेको छ।

उनलाई कीर्तिपुरस्थित अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिएको थियो।

श्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी अक्सिजन दिँदै उनलाई मुम्बई लगिने चिकित्सकले बताएका छन् । उनको साथमा नर्भिक अस्पतालका चिकित्सकहरुको टिम र केही आफन्त रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

श्वासप्रश्वासको नली सुन्निन थालेको कारणले उनको अवस्था गम्भीर बन्दै गएको चिकित्सकले जनाएका छन्।

सांसद भण्डारीलाई लिएर गएको एयर एम्बुलेन्सको फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको हो। नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीसँग जाने ६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् । क्रिटिकल केयर प्रमुख डा.प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको  बुधबार बिहान उपचारकै क्रममा निधन भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?