त्रिभुवन विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई १५ लाख जरिवाना

त्रिभुवन विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई १५ लाख जरिवाना
+
-

काठमाडौँ – त्रिभुवन विमानस्थलका ९ वटा पसललाई उपभोक्ता ठगीको आरोपमा १५ लाख रुपैयाँ जरिवाना गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थलका पसलहरूको अनुगमन गरेको थियो। सो क्रममा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुलेको आरोपमा  १५ लाख जरिवाना गरेको विभागका महानिर्देशक महेश भट्टराईले बताएका छन्।

उनका अनुसार कारबाहीमा परेका पसलहरूमा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, एबिपी मार्ट प्रालि र ओम नवदुर्गा इन्टरप्राइजेज प्रालि रहेका छन्।

त्यसै आन्तरिक टर्मिनलतर्फ न्यू कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एन्ठ कन्फेक्सनरी सप, होटल स्वनिङ (कफी एन्ड कन्फेक्सनरी), पिडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन्।

विभागले कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो वस्तु तथा सेवाको अधिकतम् खुद्रा बिक्री मूल्य, नापतौल तथा उपभोग गर्ने अवधिजस्ता विषयलाई ख्याल गरेर बिज बिजक लिएर मात्रै भुक्तानी गर्न अनुरोध गरेको छ।

अनुगमनका क्रममा ती पसलहरुले यात्रुसँग एमआरपी भन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?