पोखरा म्याराथनको उपाधि केन्याली धावक स्टेफनलाई

पोखरा म्याराथनको उपाधि केन्याली धावक स्टेफनलाई
+
-

पोखरा- १७ औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको खुलातर्फ केन्याली धावकले वर्चस्व कायम गरेका छन्। शनिबार भएको म्याराथनमा उपाधिसहित दोस्रो र सान्त्वना स्थान केन्याली धावकले प्राप्त गरे।

यो पटक पनि उपाधि स्टेफन केसगोइले जितेका छन्। पोखरा रंगशालाबाट सुरु भएर रंगशालामै टुंगिएको ४२.१९५ किलोमिटर दूरी २ घण्टा २० मिनेट ७ सेकेन्डमा पुरा गर्दै उनले दोस्रो पटक उपाधि जितेका हुन्।

उनी १६ औँ संस्करणको पनि विजेता हुन्। गत वर्ष उनले २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए। उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्राप्त गरे।

दोस्रो स्थान केन्याकै जुलियस मोरियकीले प्राप्त गरे। उनले निर्धारित दूरीलाई २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गरेका हुन्। मोरियकीले ३ लाख रुपैयाँ प्राप्त गरिन्।

नेपाली सेनाका होमलाल श्रेष्ठले तेस्रो स्थान प्राप्त गरे। उनले दूरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै २ लाख रुपैयाँ प्राप्त गरेका छन्।

गत वर्ष दोस्रो स्थान प्राप्त गरेका केन्याली धावक सिमिओन किप्लागातोले सान्त्वना स्थान हासिल गरेका छन्। २ घण्टा २९ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै सान्त्वना भएका उनले ३० हजार रुपैयाँमा चित्त बुझाए।

१६ औँ संस्करणमा किल्पागातोले किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भएका थिए ।

महिला हाफ म्याराथन (२१.०९७ किलोमिटर) मा भने विभागीय धावकले वर्चस्व कायम गरेका छन्।

हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईं विजेता भएकी छन्। यो जितसँगै पोखरामा म्याराथनमा उनले ह्याट्रिक गरेकी छन्। पछाईंले निर्धारित दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गरिन्।

एपिएफकी बृन्दा श्रेष्ठले निर्धारित दुरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पुरा गरेर दोस्रो स्थान प्राप्त गरेकी छन्।

आर्मीकी पूर्णलक्ष्मी न्यौपान तस्रो स्थान प्राप्त गरेकी छन्। उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पुरा गरेकी हुन्।

महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख रुपैयाँ र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गरे।

नेपाल भुतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथनमा खुला म्याराथन (४२.१९५ किलोमिटर) महिला हाफ म्याराथन (२१.०९७ किलोमिटर) सहित महिला पुरुष दौड १० किलोमिटर, विद्यालयस्तरीय छात्रछात्रा ५ किलोमिटर दौड, महिला पुरुष ह्विलचियर र दृष्टिविहीन दौडसँगै ‘रन फर फन’ भए।

खुल म्याराथनमा १६ देशका २९ विदेशीको पनि सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?