
पोखरा- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीले राष्ट्रिय सहमतिको अभियान सुरु गर्नुपर्ने बताएका छन्।
आइतबार बिहान पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्ताे बताएका हुन्।
राष्ट्रिय सहमतिको विकल्प नभएको महासचिव गुरुङकाे भनाइ छ।
राष्ट्रियता र संविधानमाथि जोखिम बढ्न सक्ने अवस्था भएकाले राष्ट्रिय सहमतीमा जोड दिनुपर्ने उनले बताए।
‘सहमति जुटाउनुको विकल्प छैन। संविधानको पनि रक्षा गर्नुपर्छ। आर्थिक सम्बृद्धिको यात्रा सुरु गर्नुपर्छ। र मुलुकको स्वाधिनताको पनि रक्षा गर्नुपर्छ। यी मूलभूत कार्यभार पूरा गर्नका लागि यतिखेर सहमति र सहकार्यका आवश्यकता छ भनेर त्यो यात्रामा अगाडि बढिरहेको छ’, महासचिव गुरुङले भने।
राष्ट्रपति निर्वाचनको संघारमा राष्ट्रिय सहमति खोजेको चर्चा भए पनि माओवादी केन्द्रले निर्वाचनपश्चात् नै राष्ट्रिय सहमतिको कोसिस गरेको दावी उनकाे छ।