एमाले छाड्दै दुर्गा प्रसाईंले भनेः कम्युनिष्टहरु राष्ट्रप्रति बफादार रैनछन्

एमाले छाड्दै दुर्गा प्रसाईंले भनेः कम्युनिष्टहरु राष्ट्रप्रति बफादार रैनछन्
+
-

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले आइतबार एमाले छोडेको अनौपचारिक जानकारी सञ्चारमाध्यममार्फत गराएका हुन्।

सोमबार पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी गराउने तयारी गरेका छन्। पार्टी छाडेको मौखिक जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई गराइसकेका छन्, लिखित जानकारी गराउने तयारीमा छन्।

प्रसाईंले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो। तर, पार्टीले निर्णय नलिँदै उनी आफै एमालेबाट अलग भएका हुन्।

प्रसाईंले पार्टीबाट अलग हुने निर्णयबारे शनिबार बेलुका नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराइसकेको पनि बताए। एमालेले २०७८ मंसिर २६ मा प्रसाईंलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।

व्यवसायीसमेत रहेका प्रसाई दुई वर्षदेखि ओलीका विश्वासिला पात्र मानिन्थे। त्यसअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट थिए।

पार्टीले स्पष्टीकरण नमाग्दै पार्टीबाट बाहिरिनुको कारण र आगामी योजनाबारे देश सञ्चारकी ईश्वरी बरालले दुर्गा प्रसाईसँग गरेको कुराकानीको सम्पादित अंशः

प्रदेशले कारबाहीको लागि सिफारिस गरेपछि केन्द्रले स्पष्टीकरण नमाग्दै पार्टी छाड्न किन हतार गर्नुभयो?

देश बन्छ भन्ने आशले कम्युनिष्ट बनेको थिएँ। एमालेको केन्द्रीय सदस्य भएको दुई वर्षयता धेरै हेर्दै गएँ। रुखमा मान्छे झुन्डिएर मर्न थाले। लघुवित्त र सहकारीले गाउँ नाङ्गो बनायो। प्रेम आचार्यजस्ता मान्छेहरु आएर संघीय संसद भवनअगाडि आत्मदाह गरे। देशको ढुकुटी रित्याएर विदेशमा लगेर राखिएको छ।

केही व्यापारीसँग नेताहरु मिलेका छन्। बैंक, वित्तीय संस्था, लघुवित्त र सहकारी ५५ जना व्यापारी र १० जना नेताको पकडमा छन्। जनता तावाबाट उम्केर भुङ्ग्रोमा परेजस्तो भएका छन्।

समस्या सुनाउँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अँ, अँ मात्रै भन्नुहुन्थ्यो। जनताका समस्याभन्दा पनि खाली को राष्ट्रपति बन्ने? को प्रधानमन्त्री बन्ने? भन्नेमा मात्रै नेताहरु अल्झिए। नेपाली राजनीति घुमिरह्यो। विगत ३४ वर्षदेखि यही खेल भयो। राष्ट्र, राष्ट्रियता संस्कृति र नागरिकहरुलाई जोगाउन एमाले छाड्ने निर्णय गरेको हुँ।

महाअभियानको घोषणामा कुन उद्देश्यले पूर्वराजालाई बोलाउनुभएको थियो?

नागरिकको हैसियतले राजालाई र सम्पूर्ण राजनीतिक दलका नेताहरुलाई उक्त अभियानमा बोलाएको हुँ। एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि अभियानमा बोलाएको थिएँ। तर उक्त अभियानमा पूर्वराजामात्रै आउनुभयो।

राजा आएर केही बोल्नु पनि भएन। पानसमा बत्ती बालेर जानुभयो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने अभियान गर्दा मलाई कारबाही गर्छु भनेर तलबाट प्रदेशले सिफारिस गरेर पठाएपछि मैले पनि तपाईंहरुको केन्द्रीय सदस्य तपाईंहरु नै राख्नुहोस् भन्दिए। पार्टी छाड्ने निर्णय गरेँ। राष्ट्रप्रति कम्युनिष्ट बफादार रैनछन्। मैले त नागरिक बचाउने र राष्ट्र बचाउने अभियान गरेको हुँ। मैले देश बेच्ने अभियान गरेको होइन, मैले नराम्रो काम गरेको होइन।

पार्टी छाड्ने अनौपचारिक जानकारी गराउँदा पार्टी अध्यक्ष ओलीले के भन्नुभयो?

कारण थाहा पाउन मलाई पार्टीले स्पष्टीकरण पनि सोधेन। मैले राष्ट्रियताको कुरा उठाउँदा कारबाहीको सिफारिसमा परेपछि दलहरुले पनि लिपुलेक र कालापानीको कुरा उठाउनुपर्ने जरुरी नै छैन।

मैले राष्ट्रप्रेमको कुरा गर्दा कारबाहीमा पर्ने एमालेको कस्तो खालको राष्ट्रियता हो। मैले शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तपाईलाई सहयोग गर्छु, मलाई तपाईंको माया लाग्छ तर म पार्टीभन्दा बाहिर नै बसेर काम गर्न चाहन्छु भनेँ।

म आफ्नै तरिकाले अघि बढ्छु तर जनता बचाउने काम गर्छु भनेर ओलीलाई आफ्नो निर्णय सुनाइसकेको छु। कार्यकर्ताले बनाएको नेता, नेता हुँदैन। नेता जनताले बनाइदिनुपर्छ।

एमाले छाड्नुभयो, अब अन्य पार्टीमा प्रवेश गर्ने योजना छ या स्वतन्त्र रहेर अभियानमा सक्रिय बन्नुहुन्छ?

जम्मै पार्टी चिनेँ, अब पार्टीपा प्रवेश नै गर्दिनँ। म स्वतन्त्र भएर जनताको काम गर्छु। लघुवित्त र सहकारी सरकारीकरण बनाउने अभियानमा छु। यसकारण गाउँका महिलाहरु पीडित भएका छन्। गाउँका महिला गाउँमा बस्न पाएका छैनन्।

पार्टीले स्पष्टीकरण नसोधे पनि तपाईंले पार्टी छाडेको औपचारिक जानकारी गराउनुहुन्छ कि हुँदैन?

म पार्टीलाई औपचारिक पत्र लेखेर पठाउँछु। जानकारी गराउँछु। र आफू एमालेबाट अलग भएको घोषणा सोमबार पत्रकार सम्मेलन गरेर गराउछुँ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?