भारतद्वारा २ सय थानमध्ये २० थान मृर्गौला डायलासिस मेसिन हस्तान्तरण(तस्बिरसहित)

भारतद्वारा २ सय थानमध्ये २० थान मृर्गौला डायलासिस मेसिन हस्तान्तरण(तस्बिरसहित)
+
-

काठमाडौँ – भारतीय जनताका तर्फबाट नेपाली जनतालाई भारत सरकारले २ सय थान मिर्गौला डायलासिस मेसिनमध्ये २० थान मेसिन सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

सोमबार एक औपचारिक कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवले स्वस्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई मेसिन हस्तान्तरण गरेको हुन्।

मन्त्री गिरीले छिमेकीको नाताले भारतले नेपाललाई पहिलो प्राथमिकतमा राख्ने गरेको बताउँदै भने, ‘पर्याप्त डायलासिस मेसिनको अभावका कारण धेरै मृर्गौला पीडित अहिलेपनि समयमा उपचार गर्न नपाइरहेको अवस्थामा यो मेसिनले केही भएपनि कम गराउने छ।’

भारतीय राजदूत श्रीवास्तवले स्वास्थय क्षेत्रमा सहयोग गर्दै आएको सम्झिदै भने, ‘एक वर्ष अगाडि नेपाल सरकारले २ सय डायलासिस मेसिनको लागि अनुरोध गरेको र आज हामीले २ सय मध्ये २० मेसिन उपलब्ध गराउन सक्यौँ। आगामी दिनमा बाँकी डाइलसिस मेसिन उपलब्ध गराउँदै जाने छौँ।’

राजदूत श्रीवास्तवले राष्ट्रिय ट्रामा सेन्टर, धरान विपी कोइराला प्रतिष्ठान वीर हस्पतालमा ओपडी सेवा, भूकम्पपछि १ सय ३२ हेल्थपोष्टका साथै ९ सय ५० एम्बुलेन्सबाट थप ५० एम्बुलेन्स दिएर १ हजार पुर्याउनेसमेत बताए।

थप तस्बिरहरू: 

तस्बिर: बर्षा शाह/देशसञ्चार।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष