गण्डकीमा कार्य व्यवस्था समिति गठन

गण्डकीमा कार्य व्यवस्था समिति गठन
+
-

पोखरा- गण्डकी प्रदेश सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ ।

सोमबारको प्रदेश सभा बैठकबाट कार्य व्यवस्था परामर्श समिति गठन भएको हो ।

सभामुख निर्वाचित भएको ३८ दिनपछि कार्यवयवस्था परामर्श समिति गठन भएको छ ।

नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली र सुधिरकुमार पौडेल, नेकपा माओवादी केन्द्रबाट सुशीला सिंम्खडा र फणिन्द्र देवकोटा, राप्रपाबाट विन्दु अधिकारी पहाडी कार्य व्यवस्था सदस्य बनेका छन् । यस्तै, प्रतिपक्ष दल नेपाली कांग्रेसबाट विन्दुकुमार थापा र नन्दप्रसाद न्यौपाने सदस्य बनेका छन् । सभामुख कृष्णप्रसाद धितालले सोमबारको प्रदेश सभा बैठकमा समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । बैठकले समर्थन जनाएको हो ।

प्रदेश सभा नियमावली, २०७४ को नियम १३ मा सभामुख समितिको अध्यक्ष, उपसभामुख उपाध्यक्ष र प्रदेश सरकारको कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । पदेनसहित १० सदस्यीय कार्य व्यवस्था परामर्श समिति बनेको छ । नियमावलीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सदस्यहरू समावेश हुने गरी बढीमा ११ जनासम्म सदस्य रहेको परामर्श समिति गठनको व्यवस्था गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?