पोखरेली व्यवसायीको मागः ‘गरिखाने मर्दैछन्, ब्याजदर एक अंक कायम गर’

पोखरेली व्यवसायीको मागः ‘गरिखाने मर्दैछन्, ब्याजदर एक अंक कायम गर’
+
-

पोखरा – बैंक तथा वित्तीय संस्थाले थेगी नसक्नु तनाव दिएको भन्दै पोखराका उद्योगी व्यावसायी विरोधमा उत्रिएका छन्। बिहीबार सडक नै बन्द गरेर पोखराको चिप्लेढुंगामा विरोध प्रर्दशन गरेका हुन्।

व्यापार व्यवसाय ठप्प भएको बेलामा बैंकले अचाक्ली ब्याजदर बढाउँदै कर्जा चुक्ता गर्न धरपकड गरिरहेकाले विरोधमा उत्रिनुपरेको सहभागी बताउँछन्। पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघ मातहतमा रहेका झन्डै ४० व्यावसायीक संघसंस्था विरोध कार्यक्रममा सहभागी भए।

उनीहरुले ४५ मिनेटसम्म चिप्लेढुंगाको चारैतर्फको सडक बन्द गरेर नाराबाजी गरे। बैंक तथा वित्तीय समस्यासम्बन्धी विरोध कार्यक्रममा उनीहरुको माग थियो, ‘ब्याजदर, एक अंकमा कायम गर।’

‘गरिखाने मर्दैछ, सरकारको राजस्व घट्दैछ’, ‘तरलताको समस्या समाधान गर’, ‘बैंक तथा वित्तीय संस्थाको ज्यादती बन्द गर’, ‘बैंकिङ धरपकड बन्द गर’, लगायत नारा उद्योगी व्यावसायीले लगाए। बैंकले उद्योगी व्यवासायीलाई अचाक्ली तनाव दिँदा राज्य टुलुटुलु हेरेर बसेको तर, समस्या समाधान गर्न तत्परता नदेखाएको आरोप लगाएका छन्।

एक अंकको ब्याजदरमा लिएको ऋणको ब्याजदर बैंकले एकतर्फी बढाएर १८ प्रतिशतसम्म पुर्‍याएपछि व्यवसाय गरेर बाँच्ने आधार गुमेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए। ‘यो अवस्थामा हामी चुप लागेर बस्न सक्दैनौँ’, उनले भने।

राष्ट्र बैंक र अर्थमन्त्री कानमा तेल हालेर बसे आन्दोलनको आँधीबेरी ल्याउने प्रजापतिको चेतावनी छ। ‘हामी चुप लागेर बस्दैनौँ। भोलि हामी त्यहाँ घेर्न आउँछौँ। त्यतिबेला केही अप्रिय घटना पनि हुन सक्छ। जिम्मेवार सरकार हुनपर्छ’, उनले भने।

बैंकले एक अंककै ब्याजदर कायम गर्नुपर्ने उनको माग छ। ‘सिंगल डिजीटमा दिनुस् हामी ब्याज पनि तिर्छौँ। साँवा पनि तिर्छौँ’, प्रजापतिले प्रश्न गर्दै भने, ‘के बैंकले दादागिरी गर्न पाइन्छ। एकैचोटी ७ को १४ प्रतिशत ब्याज पुर्‍याउन पाइन्छ।’

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंकले नाफा कमाउने छोटो बाटो अपनाएकाले उद्योगी व्यावसायी मारमा परेको आरोप लगाए।

उनले भने, ‘बैंकबिना व्यवसाय सञ्चालन गर्न सकिँदैन। व्यवसायको साथ बिना बैंक पनि सञ्चाल हुन सक्दैन। छोटो समयमा व्यवसायबाट चुसेर लिएको पैसाले बैंक केही समय त सफल होला। नाफा यति अर्ब भन्ने होला तर लामो यात्रा रहनेवाला छैन।’

बैंकले उद्योगी व्यावसायीलाई जोगाए लामो समयसम्म चल्न सक्नेआत्रेयको भनाइ छ। अन्तर बैंक र अन्तरशाखाको प्रतिस्पर्धाले चर्को ब्याजदरको मारमा परेको उनले जनाए।

उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जिवबहादुर कोईरालाले बैंक तथा वित्तीय संस्थाले एकतर्फी ब्याज बढाएपछि आन्दोलनमा उत्रन बाध्य भएको सुनाए। १८ प्रतिशतसम्म बढेको ब्याज तिर्न मुस्किल भएकाले नियमनकारी निकाय अर्थ मन्त्रालय र राष्ट्र बैंकको ध्यान बेलैमा पुग्नुपर्ने उनको भनाइ छ।

सत्ताका लागि मात्रै नभइ अर्थतन्त्र जोगाउनलाई सबै राजनीतिक दलको एउटै भावना हुनुपर्नेमा कोइरालाले जोड दिए। ‘बैंकको ब्याजमा पनि सरकारको राष्ट्रिय नीति हुनुपर्छ’, उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले सत्ता जोगाउन र भत्काउन अनेक हत्कन्डा अपनाउने दलहरु अर्थतन्त्र जोगाउन चुइक्क नबोलेको आरोप लगाए। ‘उद्योगि व्यावसायीहरु अहिले यति कहालीलाग्दो अवस्थामा छन्। यो समस्या समाधान गर्नका लागि मुलुकका राजनीतिक शक्तिहरुले कुनै खास ठोस कार्यक्रम ल्याइरहेका छैनन्’, उनको दुखेसो छ। नीजि क्षेत्रलाई यही अवस्थामा राखेको खण्डमा अवरोध र सडक आन्दोलनलाई देशव्यापी बनाउन बाध्य हुने गिरीले बताए।

पोखरामा बिहीबार भएको शान्तिपूर्ण आन्दोलन (विरोध कार्यक्रम) क्रान्तिको झिल्को हुने चेतावनी पोखरेली उद्योगी व्यावसायीले दिएका छन्। पोखराबाट सल्किएको क्रान्तिको झिल्को देशैभर फैलाउन सक्ने दाबी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?