युएई-नेपाल भिड्दै: युएईविरुद्ध सिनियर र जुनियर दुवै टिमका लागि महत्त्वपूर्ण दिन

युएई-नेपाल भिड्दै: युएईविरुद्ध सिनियर र जुनियर दुवै टिमका लागि महत्त्वपूर्ण दिन
+
-

काठमाडाैँ- नेपालले बिहीबार युएईविरुद्ध सिनियर र जुनियर दुवै टिम प्रतिस्पर्धा गर्दैछन्। आगामी वर्ष श्रीलंकामा हुने यु-१९ विश्वकप छनोटका लागि आज नेपाली युवा खेलाडीका लागि भने निर्णायक दिन हो।

युएईलाई हराउन सके नेपाल ८ वर्षपछि एकदिवसीय यु-१९ विश्वकपमा छनोट हुने छ। पराजित भएमा युएइले विश्वकपमा स्थान बनाउने छ।

त्यस्तै, सिनियर टिमले पनि आज युएईमा नै भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा युएईको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको नेपाल लगातार दोस्रो खेलमा जितको प्रतिक्षामा रहेको छ।

यु-१९ मा सुरुवाती चार खेलमा अपराजित रहेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान १०:४५ मा अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुने छ। राउन्ड रोविनका आधारमा शीर्ष स्थानमा रहने टिमले २०२४ मा श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने भएकाले युएईले र नेपाल दुबैका लागि यो खेलनै निर्णायक हुने छ।

त्यस्तै, सिनियर टिमका लागि एकदिवसीय वरियतालाई कायमै राख्न तथा विश्वकप छनोटका लागि शीर्ष तीनमा रहनका लागि जित्नु पर्ने दवाव छ। नेपाल र युएईको सिनियर टिमबीच ११:४५ मा दुबई अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?