राष्ट्रपति निर्वाचन: आठ दलले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने

राष्ट्रपति निर्वाचन: आठ दलले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने
+
-

काठमाडाैँ- राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाएका ८ दलले बिहीबार आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।

प्रशिक्षण काठमाडौँको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा आज दिउँसो १ बजेदेखि अभिमुखीकरण कार्यक्रम सुरु हुनेछ। राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।

प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

नेकपा एमालेबाट राष्ट्रपतिकाे निर्वाचनमा सुवाष नेम्वाङ उम्मेदवार रहेका छन्। राष्ट्रपतिकाे निर्वाचन यही फागुन २५ गते हुँदैछ। निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाताले मतदान गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?