सेफिल्डसँग स्तब्ध हुँदै एफए कपबाट बाहिरियो टोटेनह्याम, युनाइटेड अघिल्लो चरणमा

सेफिल्डसँग स्तब्ध हुँदै एफए कपबाट बाहिरियो टोटेनह्याम, युनाइटेड अघिल्लो चरणमा
+
-

टोटेनह्याम विरुद्ध इलिमन नडिएले अन्तिम समयमा गरेको निर्णायक गोलमा च्याम्पियनसिप क्लब सेफिल्ड युनाइटेड एफएकपको क्वाटरफाइनल प्रवेश गरेको छ। प्रिमयर लिग क्लब टोटेनह्याम हट्स्पुरलाई १-० ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको हो।

खेलमा नियन्त्रणका बाबजुत टोटेनह्याम गोल गर्न असफल भएको थियो। ५३ प्रतिशत खेलमा पकड बनाएको टोटेनह्यामले ४ सट टार्गेटमा हाने पनि गोल गर्न सकेन।

सेफिल्डले भने एकमात्र सटलाई गोलमा परिणत गरेको थियो। ७९ औँ मिनेटमा सब्सटिच्युट नडिएले निर्णायक गोल गरेका थिए।

त्यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो। कार्बाओ कप च्याम्पियन बनेको युनाइटेडले १ गोलले पछि परेको अवस्था उल्टाउँदै क्वाटरपाइनलमा स्थान बनाएको हो। अन्तिम मिनेटमा लगातारका दुई गोलले युनाइटेड क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

खेलमा अग्रता भने सइद बेनरामाको गोलमार्फत् वेस्टह्यामले ५४ औँ मिनेटमा अग्रता बनाएको थियो। तर नाइफ एगुएर्डले ७७ औँ मिनेटमा आत्माघाती गोल गरेपछि युनाइटेडले खेलमा बराबरी गरेको थियो।

त्यसपछि उसले ९० औँ मिनेटमा अलेजान्द्रो गार्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। टिमका लागि तेस्रो गोल फ्रेडले इन्जुरी समयको पाँचौँ मिनेटमा गरेका थिए।

त्यस्तै, अन्य खेलमा बर्नलीले फ्लिटवुडलाई हराउँदा ग्रिम्सबीले साउथहेम्टनलाई २-१ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनायो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?