
काठमाडाैँ- सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधवारबाट एकीकृत कारोबार शुरु भएको छ।
बुधबार काठमाडौँमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो।
एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे। उनले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीचको एकीकृतको शुभारम्भ गर्दै बीमा कम्पनीले पुँजी मात्र बृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताए।
पछिल्लो समय भइरहेको इस्योरेन्सहरूको मर्जर स्वतःस्फुर्त भएको उनकाे भनाइ छ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बीमा क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विश्वास लिएको बताए।
उनले ग्राहकहरूलाई गुणस्तरिय बीमा सेवा दिने मर्जरको एक मात्रै उद्देश्य रहेको बताए।
मर्जरपछि विगतको भन्दा सवल र सक्षम भएर लाग्ने उनकाे भनाइ छ।