गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
+
-

पोखरा – गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ। आज राति १२ बजेपछि प्रदेश सभाको चालु हिउँदे अधिवेशन (विधेयक अधिवेशन) अन्त्य गरिएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिउँदे अधिवेशन अन्त्य गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ज्युबाट प्रदेश सभाको चालु अधिवेशन संवत् २०७९ फाल्गुन १८ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ।’

प्रदेश सभामा दोस्रो कार्यकालका लागि सांसदहरु निर्वाचित भएर आएपछि २ महिना मात्रै हिउँदे अधिवेशन चलेको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार पुस १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो।

हिउँदे अधिवेशनमा ४ विधयेक र २ अध्यादेश पारित भएको उनले बताए। गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधयेक २०७९ शंसोधन र केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको हो। केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकले एकैपटक ३४ ऐन संशोधन गरेको सुवेदीले बताए।

निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशसमेत पारित भएको थियो।

अहिले गण्डकीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा गठबन्धनको सरकार छ। केन्द्रमा एमाले र माओवादीको गठबन्धन टुटिसकेको छ। गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री छन्। माओवादी केन्द्रका सांसदले समर्थन फिर्ता लिएमा उनी सरकारबाट बाहिरिनुपर्ने छ। पुनः विश्वासको मत लिँदा उनको पक्षमा सत्ता जोगाउन आवश्यक बहुमत नपुग्ने देखिन्छ।

यद्यपि, गण्डकीमा गठबन्धन फेरबदल भए पनि माओवादीले समर्थन फिर्ता लिइसकेको अवस्था छैन। समर्थन फिर्ता लिएमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्ने छ। माओवादीले समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्रीले विश्वासको मत लिनलाई प्रदेश सभाको विशेष अधिवेशन बोलाइने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?