सिर्जना कपको उपाधि शान्त र ब्रम्हरुपालाई

सिर्जना कपको उपाधि शान्त र ब्रम्हरुपालाई
+
-

पोखरा – पाँचौँ सृजना कप भलिबलको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन्।

पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो। शान्त गत वर्षको उपाधि विजेता हो।

फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधि पोल्टामा पार्‍यो। उपाधिसहित शान्तले १ लाख रुपैयाँ प्राप्त गरेको छ। कन्याले ६० हजार रुपैयाँमा चित्त बुझायो।

छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै ब्रम्हरुपा माविले उपाधि उचालेको छ। २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ सेटमा राष्ट्रियलाई ब्रह्मारुपाले हरायो।

पहिलो सहभागितामै उपाधि जितेको ब्रम्हरुपाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। राष्ट्रिय माविले ६० हजार रुपैयाँ पाएको छ।

छात्रातर्फ जनप्रिय मावि तेस्रो भयो। तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रराज्यलक्ष्मीलाई जनप्रियले सोझो सेटमा हरायो।

छात्रतर्फ साविक विजेता शान्त मावि यसपालि तेस्रो स्थानमा सीमित भयो। उसले जनप्रियलाई ३–१ सेटमा पराजित गरेको हो। तेस्रो स्थान प्राप्त गरेका जनप्रिय र शान्तले ३५/३५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा भएको पाँचौँ सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिम सहभागि थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?